फाल्गुन २४ र २५ गते साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी हुँदै, रजिष्ट्रेशन प्रक्रिया जारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
फाल्गुन २४ र २५ गते साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी हुँदै, रजिष्ट्रेशन प्रक्रिया जारी

काठमाडौं । “प्रविधियुक्त सेवा र सुशासनः दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन” भन्ने सोच सहित सहकारीका प्रमुख कार्यकारी अधिकृतहरुको राष्ट्रिय गोष्ठी २०७९ यही फाल्गुन २४ र २५ गते काठमाडौंमा आयोजना हुँदैछ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजना र नेफ्स्कून साकोस म्यानेजर्स क्लबको व्यवस्थापनमा हुन गइरहेको उक्त गोष्ठीका लागि यही माघ १३ गतेदेखि रजिष्ट्रेशन खुला गरिएको छ । 

उपलब्ध स्थान, स्रोत साधनको व्यवस्थापनलाई ध्यान दिँदै सिमित सिटमा मात्र सहभागिताका लागि फाराम खुला गरिएकोले समयमै आफ्नो सिट सुरक्षित गर्न नेफ्स्कूनद्वारा आव्हान गरिएको छ ।  

राष्ट्रिय गोष्ठी सहभागिताका लागि संघले निश्चित योग्यता र आवेदन शुल्क समेत तोकेको छ । 

सहभागिताका लागि दिइएको लिंकमा क्लिक गरि आवेदन भर्नुहुन संघले सूचित गरेको छ । 

https://www.nefscun.org.np/ceo-workshop-2079/?fbclid=IwAR2PMjfPQXDd5f6SJwlSE2hoJF_PXlYUPaGT9AmRwZa8MOTxTuHetGF23DU

“प्रविधियुक्त सेवा र सुशासनः दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन” भन्ने सोच सहित सञ्चालन हुन गइरहेको राष्ट्रिय गोष्ठीमा विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विषयविज्ञहरुको सहजीकरण रहनेछ ।

२०७३ सालबाट साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी सञ्चालन शुरुवात गरेको नेफ्स्कूनले प्रत्येक तीन बर्षको अन्तरालमा नियमित सञ्चालन गर्दै आइरहेको छ भने यस बर्ष तेस्रो गोष्ठी सञ्चालन गर्दैछ ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप