मधेश प्रदेशका दुई जिल्लामा साकोसहरुका लागि सदस्यता अभिमुखिकरण कार्यक्रम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मधेश प्रदेशका दुई जिल्लामा साकोसहरुका लागि सदस्यता अभिमुखिकरण कार्यक्रम सञ्चालन

सिरहा । सिरहाको धनगढीमाई र सप्तरीको राजविराजमा साकोसहरुका लागि माघ २६ र २७ गते छुट्टाछुट्टै सदस्यता अभिमुखीकरण कार्यक्रम सञ्चालन भएका छन् ।  

जिल्लामा सञ्चालित सबै साकोसहरुलाई नेफ्स्कूनको सदस्यता लिन र सदस्य साकोसहरुका लागि नेफ्स्कूनबाट सञ्चालित कार्यक्रममा आबद्ध गराउने उद्देश्यसहित जिल्लामा कार्यक्रम आयोजना गरिएको थियो । 

सिराहामा आयोजित कार्यक्रममा जिल्लाका २२ साकोसवाट जम्मा २४ जना र सप्तरीमा आयोजित कार्यक्रममा जिल्लाका २१ साकोसबाट २३ जनाको सहभागिता रहेको थियो । 

सिरहामा आयोजित कार्यक्रममा जिल्ला बचत संघ सिरहाकी कोषाध्यक्ष देव कुमारी लामाको प्रमुख आतिथ्यता र जिल्ला बचत संघका सञ्चालक सचि महतोले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सप्तरीको कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष भवानी चौधरीको प्रमुख आतिथ्यता सहित ऊँ मिथिला साकोसका अध्यक्ष सुनिल कुमार झा र नेपाल सहकारीका प्रवन्धक शंकर प्रसाद साहले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

दुवै कार्यक्रमको सहजीकरण नेफ्स्कूनका अनुगमन अधिकृत श्याम राजा तिमिल्सिनाले गर्नुभएको थियो भने आवश्यक समन्वय नेफ्स्कून सेवा केन्द्र लाहानका ईन्चाज संजय कुमार कर्णले गर्नु भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप