नेपालमा वित्तीय सहकारी ऐनको आवश्यकता सम्बन्धमा सरोकारवाला सकारात्मक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेपालमा वित्तीय सहकारी ऐनको आवश्यकता सम्बन्धमा सरोकारवाला सकारात्मक

काठमाडौं । नेपालमा वित्तीय सहकारी ऐनको आवश्यकता सम्बन्धमा सरोकारवालाहरुले सकारात्मक पहलकदमीका लागि बचनबद्धता व्यक्त गर्नुभएको छ । आज नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको आयोजनामा राष्ट्रिय सहकारी विकास बोर्डको सभाहलमा आयोजित नेपालमा वित्तीय सहकारी ऐनको आवश्यकता सम्बन्धी अन्तरिक्रया कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले बचतत तथा ऋण सहकारी अभियान महत्वपूर्ण रहेको र यसको विकास र प्रवद्र्धनका लागि सहकारी ऐन कार्यान्वयन साथै आवश्यक ऐन निर्माणमा सरकारले सकारात्मक भूमिका खेल्ने बताउनुभयो । 

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पुष्प कंडेलले वित्तीय सहकारी ऐन आउन ढिला भइसकेको बताउनुभयो । उहाँले  सहकारी आन्दोलन कमजोर भयो भने समस्या हुने भन्दै सहकारी आन्दोलन बढाउन आवश्यक रहेको बताउनुभयो । बैंकिङ नियमबाट छल गरि सहकारी मार्फत पैसाको चलखेल बढेका कारण सहकारीमा विकृति देखिएको छ, यसका लागि नियमनको पाटो बलियो हुनु जरुरी रहेको उहाँले बताउनुभयो । 

बचत तथा ऋण सहकारी संघ संस्थाहरुका लागि छुट्टै बचत तथा ऋण सहकारी ऐनको आवश्यकता सम्बन्धमा पूर्व मन्त्री, बोर्डका सह अध्यक्ष, मुख्य राजनीतिक दलका प्रतिनिधि, पूर्व गभर्नर, सहकारी विभागका प्रतिनिधि, नेपाल राष्ट्र बैंकका प्रतिनिधि, सहकारी अभियानका शीर्ष व्यक्तिहरुबीच वृहत अन्तरक्रिया गरेको हो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको आयोजनामा राष्ट्रिय सहकारी विकास बोर्डको सभाहलमा आयोजित कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षता रहेको कार्यक्रम सञ्चालन संघका महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो । 

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले नेफ्स्कूनले तयार पारेको वित्तीय सहकारी ऐन तुरुन्त पास गर्नुपर्ने आवश्यकता औल्याउँदै वित्तीय सहकारी ऐन आएमा सहकारीका धेरै समस्याहरु समाधान गर्न सहज हुने बताउनुभयो । 

नेपालमा वित्तीय सहकारी ऐनको आवश्यकता सम्बन्धमा नेफ्स्कूनका पूर्व अध्यक्ष एव् सल्लाहकार ऋषिराज घिमिरेले प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले नियामकहरुको उदासिनताका कारण सहकारी ऐन कार्यान्वयमा पनि समस्या देखिएको, सदस्यहरुको बचत असुरक्षित बन्दै गइरहेको भन्दै अब सहकारीको भविष्य निर्माणका लागि नेपालमा क्रेडिट युनिएन ऐक्टको विकल्प नभएको बताउनुभयो । 

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले कानुन बनेर सबै समस्या समाधान हुन्छ भन्ने पक्का नहुने भन्दै नेपालमा सहकारीको योगदान महत्वपूर्ण रहेको यसमा नियमन गर्ने कडा कानुन आवश्यक रहेको बताउनुभयो । उहाँले वित्तीय सहकारी ऐन ल्याउने हो भने जनताले अनुभूति गर्ने खालको ल्याउनुपर्नेमा जोड दिनुभयो । 

राजनीतिक दलको प्रतिनिधित्व गर्दै नेकपा एसका उपमहासचिव विजय पौडेलले सहकारी ऐनका केही बिषयहरु नमिलेका कारण सहकारीको लगानी प्रभावकारी बन्न नसकेको बताउनुभयो ।  
नेकपा माओवादीका नेता लिलामणी पोखरेलले वित्तीय सहकारी ऐन आवश्यक देखिएको र यसमा राज्यले नचाहेको वा चासो नदिएको भन्दै सहकारीको समस्या समाधान राज्य पक्षकै रहेको बताउनुभयो । 

राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दिपक प्रकास बास्कोटाले बचत तथा ऋण सहकारी संस्थाहरुको नियमन गर्न छुट्टै ऐन चाहिएको बताउनुभयो । उहाँले सरकारले नचाहेका कारण सहकारी नियमनको पाटो कमजोर बनेको बताउनुभयो । सरकारले नियन्त्रण भन्दा पनि नियमन गरी गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । 

नेफ्स्कूनले साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठीको अवसर पारेर आयोजना गरेको वृहत अन्तरक्रिया कार्यक्रमका अन्तर्राष्ट्रिय अतिथिको रुपमा आजै नेपाल आइपुग्नुभएका एशियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्के र प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराचीले क्रेडिट युनियन ऐक्टको विश्व अभ्यास र नेपालको सहकारी सृदृढीकरणका लागि यसको आवश्यकताका विषयमा आफ्नो विचार व्यक्त गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप