साकोस व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी ११ बुँदे साझा संकल्प प्रस्तावमा ऐक्यवद्धता जाहेर गर्दै सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी ११ बुँदे साझा संकल्प प्रस्तावमा ऐक्यवद्धता जाहेर गर्दै सम्पन्न

नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग र नेफ्स्कूनको संयुक्त आयोजना तथा नेफ्स्कून साकोस म्यानेजर्स क्लवको व्यवस्थापनमा जारी व्यवस्थापन प्रमूखहरुको दुई दिवसीय राष्ट्रिय गोष्ठी (SACCOS CEOs' National Workshop-2023) देशभरका बचत तथा ऋण सहकारी संघ संस्थाका ४ सय भन्दा बढी व्यवस्थापन प्रमुखहरुको उत्साहपूर्ण सहभागिताका साथ ११ बुँदे साझा संकल्प प्रस्तावमा ऐक्यवद्धता जाहेर गर्दै  सफलतापूर्वक सम्पन्न भएको छ ।

प्रविधियुक्त सेवा र सुशासनः दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन भन्ने सोचका साथ फागुन २४ र २५ गते काठमाण्डौंको द होटल सोल्टीमा भएको गोष्ठीको समापन सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेको प्रमुखत्वमा भएको हो ।  

दुई दिनको राष्ट्रिय गोष्ठी मा प्रस्तुत विज्ञ तथा स्रोत व्याक्तिहरुको प्रस्तुती, साकोसका प्रमुख कार्यकारी अधिकृतहरु र सरोकारवाला निकायहरुवाट सहभागिहरुको अभिमत र छलफलवाट उपलब्ध सिकाइका आधारमा ११ बुंदे साझा संकल्प तयार गरी जिम्मेवार व्यवस्थापन निर्माण मार्फत सुरक्षित बचत तथा ऋण अभियान निर्माणका लागि प्रतिबद्धता व्यक्त भएको छ ।

साझा संकल्प प्रस्ताव

1    बचत तथा ऋण सहकारीहरुको सेवा स्तरीकरण, संस्थागत दिगोपना र अलग्गै पहिचानका लागि नीतिगत वातावरण तयार गर्न बचत तथा ऋण सहकारी ऐन निर्माणका लागि ऐक्यबद्धता र आवस्यक पैरबी गर्ने ।

2    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड ( नेफ्स्कून) का सदस्य संघ संस्थाहरुलाई जारी गरिएको एकिकृत स्वनीयमन मार्गनिर्देशन पालन गर्ने । 

3    बचत तथा ऋण सहकारीहरुको छवी संरक्षण र प्रबिधी हस्तान्तरणका लागि विकास भएका स्तरीकरण(एक्सेस, प्रोवेसन तथा कब्र्स) कार्यक्रमहरुमा सहभागि भइ संस्थागत विकास र सुदृढिकरण गर्ने ।

  4   कोभिड–१९ पश्चात वृहत अर्थव्यवस्थामा आएको बदलाव र सो को बचत तथा ऋण सहकारीहरुमा परेको प्रभाववाट सदस्यहरु र संस्थाको संरक्षणका लागि संस्थाको आकार, संरचना र योजनाहरुको समिक्षा गरी सन्तुलन कायम मार्फत स्वस्थ्य र सुरक्षित साकोस निर्माण गर्न पल्र्स प्रणालीको पुर्ण कार्यान्वयन गर्ने।

5    कोभिड–१९ पश्चात तरलता लगायत कारणले संकट उन्मुख साकोसहरुको सुरक्षाका लागि स्व जागरण सहजिकरण (Self Recovery Facilitation Program- SRFP)   विकास गरी संघ मार्फत कार्यान्वयन गर्ने ।  बचत तथा ऋण सहकारी संस्था सम्बन्धी सकारात्मक लेख रचनाहरु नियमित सार्वजनिक सञ्चारमाध्यमहरुमा प्रकाशन गर्ने

6    वित्तीय सहकारीको दर्शन र मुल्यमा आधारित व्यवसायिक जनशक्ति विकासका लागि निरन्तर प्रणाली, पद्धती र प्रबिधिको अवलम्बन गर्न श्रम ऐनले तोकेका सेवा सुबिधा तथा सुरक्षाका न्यूनतम शर्तहरु संस्थामा पालन गराउने र जनशक्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन नेफ्स्कून साकोस म्यानेजर्स क्लवको सहभागिताका कार्यशाला आयोजना गर्ने ।

7    बचत तथा ऋण सहकारीहरुको लागि व्यवस्था गरिएका बाध्यकारी नियामकीय प्रबन्धहरु( कोपोमिस, गो ए एम एल) पुर्णरुपमा कार्यान्वयन गर्ने र कार्यान्वयनमा कठिन भएका क्षेत्रहरुमा संघवाट सहजिकरणको व्यवस्था गराउने ।

8    वाह्य तथा आन्तरिक रुपमा देखा पर्ने जोखिमहरुको व्यवस्थापन गर्न संस्थागत पूँजी कम्तीमा पाँच प्रतिशत कायम गरी स्थिरीकरण कोषमा आबद्ध भइ नियमित जोखिम सुपरिवेक्षण गर्ने र व्यवस्थापनमा पहिला सुरक्षाको सिद्धान्त कर्यान्वयन गर्ने ।

9    न्यून लागतमा समाबेशी वित्तीय सेवा समुदायका सबै वर्गमा प्रवाह गर्न सञ्जालको साझा सेवाको रुपमा प्रबिधि विकासमा योगदान गर्ने र उपलब्ध भए सम्म सञ्जालको साझा प्रबिधिको उपयोग गर्ने ।

10    सदस्यहरुको समृद्धि र वास्तविक अर्थव्यवस्थामा नै योगदानका लागि उत्पादन र उत्पादकत्व बृद्धि गर्न पाँच करोड भन्दा माथि कारोवार गर्ने सबैले अनिवाय व्यवसाय विकास सेवा कक्ष स्थापना र जनशक्ति व्यवस्थापन मार्फत सदस्यहरुलाई व्यवसाय विकास सेवा उपलब्ध गराउने । 

11    साकोस एकरुपता प्रणाली कार्यान्वयन करारीय सम्झौता मार्फत गर्न नेफ्स्कूनसँग  सम्झौता गरी कार्यान्वयन कार्यान्वयन सुनिश्चितता गर्ने र सञ्जालको सक्षमता विकासका लागि संस्थाको वित्तीय तथा गैर वित्तीय स्रोत सञ्जाल मार्फत परिचान गर्न संघ संस्थको तोकीएको तथ्याङक तोकिएको ढाँचामा तोकिएको समयमा नै उपलब्ध गराउने । 

उपरोक्त प्रतिवद्धताहरु संघ संस्थामा नीतिगत व्यवस्था गरी क्रमश कायान्वयन गर्ने

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप