नेपाल क्लियरिङ हाउस (NCHL) मा जोडियो नेफ्स्कून
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेपाल क्लियरिङ हाउस (NCHL) मा जोडियो नेफ्स्कून

काठमाडौ. । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) र नेफ्स्कूनबीच सम्झौता भएको छ । सहकारीको भुक्तानी कारोबारलाई डिजिटाईज गर्ने कार्यलाई सहजिकरण गराउने सहकार्यको लागि एनसीएचएल र नेफ्स्कून बीच सम्झौता भएको हो । काठमाडौंको सोल्टी होटलमा जारी साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी २०७९ का अवसरमा दुई पक्ष बीच सो सम्झौता भएको हो ।

सम्झौतामा नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र नेफ्स्कूनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले हस्ताक्षर गर्नुभएको थियो । 

सम्झौतासँगै नेफ्स्कूनले निमार्ण गरेको मीरा ईआरपी सफ्टवेयर प्रयोग गर्ने संस्थाका सदस्यहरुले बैंक तथा वित्तीय संस्थामा रकम ट्रान्सफर, बैंक तथा वित्तीय संस्थाबाट सहकारीमा रकम ट्रान्सफर, बिमाको प्रिमियम भुक्तानी, विभिन्न सरकारी भुक्तानी, फोन रिचार्ज, खानेपानी, बिजुली लगायतको युटिलिटी भुक्तानी गर्न सक्नेछन् ।

एनसीएचएलका सिईओ प्रधानले नेफ्स्कूनमार्फत सहकारी क्षेत्रमा प्रवेश गर्न पाउँदा खुशी लागेको बताउनुभयो । प्रत्येक संस्थासँग एनसीएचएल जोडिन नसकिने र नेफ्स्कूनसँग जोडिएपछि समग्र बचत तथा ऋण सहकारी संस्थाले सेवा लिन सक्ने उहाँको भनाई थियो ।

सम्झौताले बचत तथा ऋण सहकारी संस्थाहरुको डिजिटाईजेशनमा कोशेढुंगा सावित हुनेमा साकोस अभियानका व्यवस्थापकहरु विश्वस्त भएका छन्  ।

गोष्ठीमा प्रधानले ‘वित्तीय प्रविधिमा साकोसका सम्भावना र चुनौती’ विषयमा कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै प्रधानले सहकारी संस्थाहरुले पुराना प्रविधिहरु नपछ्याएर नयाँ प्रोडक्ट दिन सक्नुपर्ने बताउनुभयो । अनलाईनबाटै कर्जा प्रवाह गर्ने प्रविधि समेत सहकारीले प्रयोग गर्नुपर्ने उहाँको भनाई थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप