सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा स्वनियन्त्रण, स्वनियमन, र स्वशासन हुने हुँदा यसमा कुनै समस्या नै आउँदैन भन्ने आफुले बुझेको बताउनुभएको छ । यदि सहकारी सहकारीको सिद्धान्त अनुरुप चलेका छन् भने त्यहाँ समस्या हुनुहुँदैन भन्ने उहाँको भनाई थियो । काठमाडौंमा नेफ्स्कूनको आयोजनामा फागुन २४ र २५ गते सञ्चालन भएको साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठीका अवसरमा बोल्दै रजिष्ट्रार घिमिरेले यदि त्यो सहकारी सहकारीमा रहिरह्यो भने त्यसमा समस्यै आउँदैन । सहकारीको सिद्धान्त नै यस्तो हो की त्यसमा समस्या आउन सक्ने टाइपको कुनै किसिमको मेकानिज त्यहाँ रहेको छैन । जब सहकारीको नाम राखेर त्यसबाट अरु गलत कामहरु गर्न थालिन्छ, त्यसपछि समस्या आउँछ । अहिले आइरहेको समस्या भनेको सहकारीको नाममा चलेका कतिपय संस्था सहकारी नै होइनन्, खासगरी तिनले सहकारीको वदनाम गरिरहेका छन्, सहकारी संस्थामा त सहकारीका सदस्यहरुको स्वनियमन, स्वनियन्त्रण हुन्छ । तर त्यहाँ संस्थाको एउटा सदस्य बचतकर्ताले सहकारीका सञ्चालक समितिको अध्यक्ष, पदाधिकारी, सिइओ कोही पनि चिनेको छैन । एउटा सेवा कार्यालय, कुनै एक ठाउँमा केन्द्रीय कार्यालय राखेर दैशैभरि सेवा कार्यालय स्थापना गरेका छन् । सेवा कार्यालय स्थापना गरिदिने र त्यसैको भरमा संस्था, पदाधिकारी, सञ्चालक र व्यवस्थापक कोही कसैलाई नचिनेरै बजार प्रतिनिधिको भरमा बचत कर्ताहरुले खुरुखुरु करोडौं रुपैंया बचत गरेका छन् । करौंडौंको बचत संकलन हुँदै जम्मा भएको अरबौं रकम आफ्नो इच्छाले खोलेका कम्पनीहरुमा एउटा सहकारी संस्थाको ब्राण्ड नेमबाट कम्पनी स्थापना गरेर अरबौं लगानी भएको पाइन्छ । त्यो सहकारीका लागि घातक भएको छ ।
अहिले वित्तीय प्रणालीमा नेपालमा मात्र होइन विश्वव्यापी रुपमा आइरहेको समस्याको केही असर नेपाली वित्त प्रणालीमा नपर्ने भन्ने हुँदैन, यो सामान्य कुरा हो , तर हामीले यस्तो अवस्थामा हाम्रो पैसा सुरक्षित भएको सुनिश्चितता सदस्यलाई गराउन सक्नुपर्छ, सदस्यका पैसाको सहि सदुपयोग भइरहेको छ, परेको बेलामा समस्या टर्छ अर्थात सुझिल्छ भन्ने विश्वास सदस्य अर्थात बचत कर्तामा हुनु नै सहकारी संस्था प्रतिको विश्वसनीयता कायम हुनु हो । समस्या जताततै छ तर सहकारीमा यदि समस्या छ भने त्यसमा ५० प्रतिशतभन्दा बढी जिम्मेवार सिइओ नै हुन्छन् ।
सिइओहरुले लगानी गर्ने बेलामा आफ्नो एक्स्पर्टिजमको आधारमा काम गर्ने हो, ऐन, नियम कानुनमा लेखिएको विषयलाई हुवहु कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारीको हुन्छ । ऐनमा भएको विषयवस्तुमाथि कम्प्लेन गर्ने अधिकार कर्मचारीमा हुँदैन । सिइओले आफ्नो इमान्दारिता, नैतिकता, उर्जा र अनुभवबाट नै सहकारी संस्थालाई अगाडि बढाउने या नवढाउने भन्ने प्रमुख कारक तत्व हो ।
सिइओले आफ्नो संस्थामा बचत गर्ने बचतकर्तालाई हेरेर निर्णय गर्नुपर्नेहुन्छ । सिइओको निर्णयबाटै ती बचत कर्ताको बचतको सत् प्रतिशत सुरक्षाको ग्यारेन्टी गरिनुपर्दछ र पदाधिकारीज्यूहरुलाई संस्थाको साधारणसभाले पास गरेका नीति नियम ऐन विधि विधान लगायतका सम्पूर्ण कुराहरु पालना गर्नको निम्ति सिइओले आफ्नो व्यावसायिक, व्यवस्थापकीय र प्रशासनिक क्षमता उपयोग गर्नुपर्छ ।
विभाग नियमनकारी निकाय भएकोले नियमन भन्ने शब्द आफैंमा मीठो शब्द होइन । तपाईंहरुका काम कारबाहीलाई स्थापित विधि मूल्य मान्यता र नेपाल सरकारको सम्मानित संस्थाबाट निर्माण गरेको कानुन र त्यो अन्तर्गत बनेका कार्यविधि कानुन अन्तर्गत छ कि छैन भनेर हेर्ने हो । यदि छैन भने त्यसलाई दण्डको दायरामा ल्याउने र छ भने पुरस्कृत गर्ने भूमिका सहकारी विभागको भएको हुनाले मेरो कार्यकालमा म त्यो भूमिका र ऐन नीति नियमको पालना गर्ने विषयमा कहि कतै कमजोरी हुने दिने छैन । आवश्यक सहयोग विभागबाट उपलब्ध गराउन पनि प्रतिबद्ध रहनेछु ।
७ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
१७ दिन अगाडि
१८ दिन अगाडि
३५ दिन अगाडि
२४ दिन अगाडि
९ दिन अगाडि
२७ दिन अगाडि
२७ दिन अगाडि
२७ दिन अगाडि
२५ दिन अगाडि
३३ दिन अगाडि