लुम्बिनी साकोस भैरहवाको सहकारी शिक्षा कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लुम्बिनी साकोस भैरहवाको सहकारी शिक्षा कार्यक्रम सम्पन्न

भैरहवा । लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि. सिद्धार्थनगरको आयोजनामा नव प्रवेशी शेयर सदस्यहरूका लागि सहकारी शिक्षा तथा तालिम सञ्चालन भएको छ । संस्थाका अध्यक्ष इन्द्र बहादुर थापाको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका सहकारी अधिकृत कमलकान्त खनालको प्रमुख आतिथ्यतामा भएको सहकारी शिक्षा तालिममा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा कार्यरत कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । 

संस्थाका प्रबन्धक राम प्रसाद बरालले सञ्चालन गरेको सो तालिममा सहभागी नव प्रवेशी शेयर सदस्यहरू लगायत उपस्थित सम्पूर्णमा संस्थाका सचिव लक्ष्मण ज्ञवालीले स्वागत गर्नुका साथै सहकारी तालिम आयोजना गर्नुको औचित्य बारेमा जानकारी गराउनु भएको थियो ।

उक्त सहकारी शिक्षा तथा तालिमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका सहकारी अधिकृत कमलकान्त खनालले सहकारी सिद्धान्त, मूल्य मान्यता, सदस्यहरू र सञ्चालक बीच हुने फरकता, वर्तमान समय परिवेशमा सहकारी प्रतिको धारणा एवं सहकारी संस्थाले सदस्यहरूलाई प्रदान गर्नु पर्ने सेवा प्रवाहका साथै संस्थामा आवद्ध सदस्यहरूले गर्नु पर्ने वित्तीय  सहभागिताका बारेमा प्रशिक्षण दिनु हुदैं कस्तो सहकारी संस्थामा सदस्य बन्नु पर्छ भन्ने जानकारी समेत गराउनु भएको थियो । प्रशिक्षक खनालले अहिलेको परिस्थितिमा स्थानीय व्यक्तिहरू संलग्न रहेको सहकारी संस्थामा मात्र वित्तीय कारोबार गर्न समेत सुझाव दिनु भएको थियो । संस्थाका प्रबन्धक राम प्रसाद बरालले आफनो संस्थामा भए गरेका वित्तीय गतिविधि तथा सहकारी संस्थाबाट उपलब्ध बचत तथा ऋणका प्रकार, लगानीका आधार तथा जोखिम व्यवस्थापनका बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । सो तालिममा संस्थाका ५४ जना शेयर सदस्यहरूको उपस्थिति रहेको थियो । 

तालिममा सहभागी नव प्रवेशी शेयर सदस्यहरूलाई प्रमुख अतिथि कमलकान्त खनाल र संस्थाका अध्यक्ष इन्द्र बहादुर थापाले प्रमाणपत्र वितरण गर्नु भएको थियो । सहभागी शेयर सदस्यहरू मध्ये गंगा भुषालले सहकारी संस्थामा आवद्ध भए पश्चात आफ्ना सदस्यहरूलाई सहकारी सम्बन्धी शिक्षा तथा तालिम प्रदान गरेकोमा लुम्बिनी साकोसलाई धन्यवाद ज्ञापन गर्नु हुँदै सहकारी संस्थामा सदस्य भए पछि संस्था र सदस्य बिच हुने आर्थिक गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । त्यसै गरी अर्का सदस्य बसन्तमणी पोखरेलले सहकारीले शिक्षा तथा तालिम प्रदान गरे जस्तै सदस्यहरूमा प्रवाह गरिने ऋणको सदुपयोगिता तथा अनुगमन गर्नु पर्ने कुरामा जोड दिनु हुँदै नव प्रवेशी शेयर सदस्यहरूलाई सहकारी शिक्षा तथा तालिम प्रदान गरेकोमा खुशी प्रकट गर्नु भएको थियो ।
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२१ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप