स्थापना दिवसका अवसरमा स्वर्णलक्ष्मीको सामुदायिक उत्तरदायित्वमा कार्यक्रम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थापना दिवसका अवसरमा स्वर्णलक्ष्मीको सामुदायिक उत्तरदायित्वमा कार्यक्रम सञ्चालन

झापा । शिवसताक्षी नगरपालिका–८ मा अवस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.ले १४औं स्थापना दिवसका अवसरमा विविध सामाजिक उत्तरदायित्वका क्रियाकलापहरु सञ्चालन गरेको छ । सो अवसरमा साकोसले विपन्न विद्यार्थीलाई स्कुल व्याग वितरण, सदस्य शिक्षा तथा सदस्य सम्मान कार्यक्रम र निशुल्क आँखा शिविर कार्यक्रम सञ्चालन गरेको हो । 

कार्यक्रममा शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष यामनाथ काफ्लेले सहकारीले समाजमा पुर्याएको योगदान भुल्न नहुने बताउनुभएको थियो । केही सहकारीले बदमासी गरेका कारण सदस्यहरुमा त्रासको बातावरण सृजना भएको भएपनि त्यस्ता सहकारीहरुलाई पनि ठीक ठाउँमा ल्याएर सहकारी अभियानलाई सुरक्षित बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको थियो । 

शिवसताक्षी नरपालिकाका वडा नं. ८ का अध्यक्ष सन्त फेउदिनले वित्तीय कारोबार चुस्त र दुरुस्त बनाउन सदस्यहरु पनि सक्रिय हुनु पर्ने धारणा राख्नुभएको थियो । सहकारीमा सहदस्यहरु पनि उत्तिकै जिम्मेवार हुन्छन् । उहाँले भन्नुभयो, “सहकारी र सदस्य परिपुरक भएर कारोबार गर्ने हो भने सहकारीले मानिसको घरबार बेहाल पार्ने होइन्, मानिसको घरबार जोड्ने हैसियत राख्छ ।”

साकोसका सदस्यहरुमा सहकारी शिक्षा प्रदान गर्दै व्यवस्थापक कमल कुमार घिमिरेले सहकारीले हालसम्म गरेको वित्तीय कारोबार, संस्थाको वित्तीय अवस्थाका बारेमा प्रष्ट पार्नुभएको थियो । उहाँले स्वर्ण लक्ष्मी साकोस वित्तीय कारोबारमा चुस्तदुरुस्त रहेको र सदस्यको भावनालाई कदर गर्दै कारोबार गरेकाले बजारमा चलेको हल्लाको पछाडि नलाग्न समेत सदस्यहरुमा सुझाव गर्नुभएको थियो । 

साकोसको शेयर पुँजी रु. ११ करोड ४३ लाख ६८ हजार १ सय, बचत रु. ६२ करोड ८६ लाख १५ हजार ३११  र ऋण लगानी रु. ९८ करोड १३ लाख १० हजार ८३९ रहेको जानकारी सदस्यहरुमाझ गराइएको थियो ।

कार्यक्रममा झिलझिले सेवा केन्द्रका सक्रिय रुपमा कारोबार गर्ने ४ लक्ष्मी सम्वाहाम्फे, बलराम थपलिया, सूर्यकुमारी राजवंशी र श्याम कुमारी सुब्बालाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमका अवसरमा शिवसाताक्षीको झिलझिले माध्यमिक विद्यालयका कक्षा १ देखि ५ सम्मका २५ जना विद्यार्थीलाई स्कुल व्याग वितरण गरिएको साकोसले जनाएको छ ।
त्यस्तै सहकारीले निशुल्क आँखा शिविर समेत सञ्चालन गरेको थियो । स्थापना दिवसको अवसरमा सेवा केन्द्र झिलझिलेमा आयोजित निशुल्क आँखा शिविरमा विर्ताज्योति आँखा अस्पताल दमकका डा. मोती बरालको टोलीले सहजीकरण गरेको थियो । 

झापाको दमकमा केन्द्रीय कार्यालय भएको स्वर्ण लक्ष्मी साकोसको हाल झिलझिले, सुरुङ्गा, गौरादह र उर्लाबारीमा सेवा केन्द्रहरु सञ्चालनमा रहेका छन् ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

१ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप