‘सहकारीले सदस्यको नियमित बचतलाई प्राथमिकतामा राख्नुपर्छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सहकारीले सदस्यको नियमित बचतलाई प्राथमिकतामा राख्नुपर्छ’

मकवानपुर । नेफ्स्कून फिल्ड कार्यालय मकवानपुरको आयोजनामा सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम विहिबार सम्पन्न भएको छ । हातेमालो साकोस मकवानपुरको सभाहलमा आयोजित तालिममा विभिन्न ३६ बचत तथा ऋण सहकारी संस्थाबाट ४५ जनाको सहभागिता रहेको थियो । 

तालिममा बागमती प्रदेश सहकारी बिकास वोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाले हाल विश्वब्यापी रुपमा रहेको आर्थिक मन्दी तथा वित्तीय संकटको अवस्थामा क्षमतामा आधारित ऋण लगानी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।  उहाँले सहकारीमा ५ सी बिश्लेषण अनिवार्य रुपमा अबलम्बन गर्नुपर्ने र कसैको सिफारिसको आधारमा काम गर्न नहुने बताउनुभयो । विद्यमान असहज परिस्थितिमा सहकारी शिक्षा कार्यक्रमलाई व्यापक बनाई सहकारीप्रतिको सकारात्मक पक्ष प्रचार गर्नुपर्ने उहाँको भनाई थियो । 

नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष केशव पोख्रेलले ऋणको सिद्धान्त अनुसार एउटा उद्देश्यमा २५ प्रतिशत भन्दा बढी ऋण प्रवाह गर्न नहुने, ऋणको विविधिकरण गर्ने, ऋण सुरक्षण कोष छुट्याउने, पल्र्स अनुगमन प्रणालीलाई पहिलो सर्तमा लगि काम गर्ने लगायतका प्राविधिक पक्षहरुको जानकारी गराउनुभयो । उहाँले सहकारीले ठूलो निक्षेपलाई भन्दा नियमित साना अनिवार्य बचतलाई प्राथमिकता दिनुपर्ने र सम्पति, पूँजी तथा  दायित्वको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । 

तालिममा प्रमुख अतिथि बागमती प्रदेश सहकारी बिकास वोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटा र विशेष अतिथिमा नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष केशव पोख्रेल हुनुहुन्थ्यो । तालिमको सहजीकरण नेफ्स्कूनका अनुगमन अधिकृत विदुर खड्काले र व्यवस्थापन फिल्ड कार्यालय ईन्चार्ज ज्योति महतले गर्नुभएको थियो । 

तालिमको समापन फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य विजय बहादुर बस्नेतको अध्यक्षतामा भएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप