साकोस प्रतिनिधिहरुका लागि सदस्यता अभिमुखीकरण सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस प्रतिनिधिहरुका लागि सदस्यता अभिमुखीकरण सञ्चालन

रुपन्देही । नेफ्स्कूनसँगको आवद्धताका निमित्त सम्भावित सदस्य संस्थाका प्रतिनिधिहरुलाई विहिबार अभिमुखिकरण गरिएको छ । नेफ्स्कून फिल्ड कार्यालय बुटवलको आयोजनामा भएको अभिमुखीकरणमा रुपन्देही जिल्लाका विभिन्न २१ बचत तथा ऋण सहकारी संस्थाबाट गरि ३१ जना अध्यक्ष एवं व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम संघका सञ्चालक एवं फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य सन्दिप सापकोटको अध्यक्षता र  फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य महेश्वर श्रेष्ठको विशेष उपस्थितिमा भएको थियो । 

फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य श्रेष्ठले संघले संञ्जालमा जोडिन बाँकी रहेका संस्थहरुलाई अभियानको मुल प्रवाहमा ल्याउनको लागि यो कार्यक्रम तय गरेकोले भरपर्दो अभिभावकत्वको लागि संघमा आवद्ध हुन अनुरोध गर्नुभएको थियो । 

संघका सञ्चालक एवम् सभाध्यक्ष सापकोटाले नेफ्स्कूनले आफ्नो स्थापनाकाल देखि नै सदस्य संस्थाहरुको समग्र सामथ्र्यको विकास गरी दिगो साकोस अभियान निर्माणमा निरन्तर लागिरहेको बताउनुभयो । सुरक्षित र गुणस्तरयुक्त साकोस निर्माणका लागि विभिन्न स्तरीकरण कार्यक्रमहरु सञ्चालन, साकोसको बचत सुरक्षण कोषको रुपमा स्थिरीकरण कोष सञ्चालन, प्रविधि प्रयोगमा एकरुपताका लागि उच्च स्तरको प्रविधि विकास लगायतका कार्यबाट सुरक्षित साकोस निर्माणका लागि काम गरिरहेको जानकारी गराउँदै संघमा आबद्ध हुँदै महत्वपूर्ण कार्यक्रमहरुमा जोडिई गुणस्तरयुक्त र सुशासित साकोस निर्माणमा लाग्न अनुरोध गर्नुभयो । 

कार्यक्रममा संघका कार्यक्रम अधिकृत मनोज खड्काले साकोस अभियानको वर्तमान अवस्था, समसामयिक सवालहरु र आर्थिक मन्दिमा वित्तीय व्यवस्थापनका सम्बन्धमा प्रस्तुतिकरण गर्नु भएको थियो । त्यसै गरी फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमालले सहकारीको अवधारण, सिद्धान्त र संस्कृति अभियानका वर्तमान जोखिमहरु, जोखिम न्यूनिकरणका लागि नेफ्स्कूनका कार्यक्रम र समग्र संस्थागत प्रस्तुतिकरण गर्नु भएको थियो । 

कार्यक्रममा उपसमिति सदस्य श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन रुपन्देही फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमालाले र व्यवस्थापन फिल्ड कार्यालय सहायक प्रेम प्रसाद अधिकारीले गर्नु भएको थियो ।

कार्यक्रम समापन गदै फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य सुवकान्त न्यौपानेले संस्था सञ्चालनको दौरानमा आईपर्ने विभिन्न विपत्तिहरुको समाना गर्न छाता संघको छहारी विना सम्भव नभएकोले संघमा गोलबन्द हुन र संघले विकास गरेका कार्यक्रममा सहभागिता जनाई सदस्यलाई केन्द्रमा राखेर संस्था सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१५ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप