चन्द्रागिरी साकोसद्वारा युवा सदस्य लक्षित फाइनान्सियल फिटनेस कार्यक्रम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरी साकोसद्वारा युवा सदस्य लक्षित फाइनान्सियल फिटनेस कार्यक्रम सञ्चालन

काठमाडौं । चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाले युवाहरुलाई सानै उमेरदेखि वित्तीय रुपमा सचेत गराउँदै सही वित्तीय निर्णय गर्न र आफ्नो वित्तीय लक्ष्य हासिल गर्ने कार्यमा अभ्यस्त बनाउनका लागि युवा सदस्य लक्षित Financial Fitness कार्यक्रम सञ्चालन गरेको छ । ३५ बर्ष भित्रका युवा सदस्यहरुलाई लक्षित गरी शुक्रबार विहान आयोजना गरिएको उक्त कार्यक्रममा सहभागीहरुलाई वित्तीय स्वस्थताको लागि ज्ञान, सीप र धारणामा सुधार गर्ने विभिन्न उपायहरुको बारेमा प्रशिक्षण दिईएको थियो । 

हरेक बर्ष मार्च महिनामा मनाईने ग्लोबन मनी वीक (Global Money Week) एक विश्वव्यापी मुद्रा जागरुकता अभियान अर्थात उत्सव हो । युवाहरुमा रुपैयाँ पैसा सम्बन्धी विश्वव्यापी सचेतना अभिबृद्धि गर्ने अभियान अन्तर्गत चन्द्रागिरी साकोसले युवा सदस्यहरुमाझ Financial Fitness को कार्यक्रम आयोजना गरेको हो । यही मार्च २० देखि २७ सम्म विश्वव्यापी रुपमा ग्लोबल मनी वीक मनाइँदै छ । युवाहरुलाई सानै उमेरदेखि वित्तीय रुपमा सचेत गराउँदै सही वित्तीय निर्णय गर्न र आफ्नो वित्तीय लक्ष्यहरु हासिल गर्न आवश्यक ज्ञान,सीप र धारणाहरु विकास गर्नको लागि यो अभियान सञ्चालित छ । यस अवसरमा संसार भरी युवाहरुलाई वित्तीय साक्षरताका कृयाकलापहरुमा जोड्ने कार्यहरु भईरहेका छन् ।

कार्यक्रममा मानिसहरुको वित्तीय जीवन समृद्ध बनाउनको लागि तय गर्नुपर्ने वित्तीय लक्ष्य, लक्ष्य पुरा गर्न आवश्यक प्रवल ईच्छाशक्ति, मानिसका सपना र सपना पछ्याउनसक्ने खुबी र रुपैया पैसाको ७ सुनौला नियमहरुको बारेमा सहभागीहरुलाई जानकारी गराईएको थियो । 

सानै उमेरदेखि वित्तीय रुपमा सचेत गराउँदै युवाहरुलाई भविष्यका लागि बुद्धिमानी निर्णयहरु गर्न सक्ने सक्षमता विकास गर्न, जीवनमा पछिको लागि पैसा व्यवस्थापन गर्ने सीप विकास गर्न, बचतलाई बानीकै रुपमा विकास गर्न, बुद्धीमतापूर्ण तरिकाले ऋण लिन, लागत तुलना गरेर मात्र खर्च गर्न, रुपैयाँ पैसालाई सक्रिय बनाउन र जोखिमलाई न्यूनीकरण गर्न सल्लाह दिईएको थियो । त्यसै गरी उक्त कार्यक्रममा सहभागीहरुलाई वित्तीय लक्ष्य निर्धारण गर्ने प्रकृयाहरु, खर्च व्यवस्थापन गर्ने ट्राफिक नियम, आम्दानीबाट बचत गरी बाँकी रहेको रकम खर्च गर्ने तरिका, बुद्धिमतापूर्ण ऋण लिने तरिका, रुपैया पैसालाई सक्रिय बनाउने जुक्ति, ८०/२० को परेटो सिद्धान्त, जोखिम युक्त अवस्थाको तयारी गर्ने तरिका सिकाईएको थियो ।

ग्लोवल मनी वीकका सन्दर्भमा नेपाल राष्ट्र बैंकले पनि युवा लक्षित वित्तीय शिक्षाका कार्यक्रमहरु सञ्चालन गरेको थियो भने सो अनुरुप नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निर्वारण मन्त्रालय सहकारी विभागबाट २०७९ चैत्र १ गते सूचना जारी गरी युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी Global Money Week–2023    मनाउन सूचित समेत गरेको थियो ।
 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप