कास्कूनको आयोजनामा कीर्तिपुरमा वित्तीय साक्षरता कक्षा सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कास्कूनको आयोजनामा कीर्तिपुरमा वित्तीय साक्षरता कक्षा सञ्चालन

काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) ले कीर्तिपुर नगरपालिकामा सञ्चालित साकोसहरुलाई लक्षित गरी वित्तीय साक्षरता कक्षा सञ्चालन गरेको छ । विहिबार आयोजित वित्तीय शिक्षा कार्यक्रममा नगरपालिकाभित्र सञ्चालित विभिन्न सहकारीहरुबाट गरी २८ जनाको सहभागिता रहेको थियो ।

मार्च २० देखि २७ सम्म मनाईने ग्लोबल मनी विक २०२३ को सन्दर्भ पारेर कास्कूनले वित्तीय साक्षरता कक्षा सञ्चालन गरेको जनाएको छ । सन् २०१२ देखि मनाउन शुरु गरिएको ग्लोबल मनी विक को १०औं संस्करण २०२३ को भिजन Learn, Save, Earn र मुख्य थिम Plan Your Money, Plant Your Future रहेको छ । यो कार्यक्रमले आम जनमानसमा जिवनशैली सहज बनाउनका लागि वित्तीय लक्ष्य निर्धारण, बचतको नियमितता, ऋणको कुशल परिचालन, बजेट निर्माण, व्यवसायको निरन्तरता, बिमा र विप्रेषण जस्ता क्षेत्रहरुमा किफायती निर्णय गर्न जोड दिएको छ ।

कास्कूनका अध्यक्ष पनेरुले प्रत्येक सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई वित्तीय साक्षरता, सहकारी शिक्षा, संस्थाका गतिविधीहरुका बारेमा नियमित रुपमा जानकारी गराउनु पर्ने बताउनु भयो । सहकारी संस्थाहरु जानेर नजानेर न्यून सक्षमता, न्यून प्रविधि प्रयोग, नीतिगत अल्झनबाट सञ्चालित भएकोले संस्थागत सक्षमता विकास, नीति तथा कार्यविधि निर्माण, विषयगत तालिम शिक्षा जस्ता विषयहरुको सहजीकरणका लागि संघसँगको समन्वयमा अगाडि बढ्नुपर्ने बताउनुभयो । 

सहकारी क्षेत्रमा हाल देखा परेको अवस्थाबाट पार पाउनका लागि सदस्य सम्बन्ध, समन्वय, निरन्तर शिक्षा, सहभागिता, तरलता व्यवस्थापन, ऋण असुली लगायतका विषहरुमा अल्पकालिन, मध्यकालिन योजनाहरु बनाई कार्यान्वयनमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।  वित्तीय क्षेत्र सदैव जोखिम युक्त हुने हुँदा सदस्यहरुको बचतको सुरक्षा र ऋण लगानीको समयमै असुलीका लागि सहकारी सहकारीका विविध क्षेत्रहरुमा हुने परिवर्तनबारे पहिचान गर्ने, विश्लेषण गर्ने, सकारात्मक कदम चाल्नु पर्ने उहाँको भनाई थियो । 

वित्तीय साक्षरता कक्षाको सहजीकरण संघका कार्यक्रम अधिकृत नवराज सुवेदीले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप