सर्लाही । साकोसको अग्रभागमा रहेर काम गर्ने कर्मचारीहरुका लागि क्षमता विकास तालिम सञ्चालन भएको छ । अग्रभागमा कार्यरत कर्मचारीहरुको सीप क्षमता विकास साथै सदस्यसँगको सुमधुर सम्बन्ध विकासका आयाम र त्यसको व्यवहारिक प्रयोगहरुबारे पुर्नताजगीकरण गराउने उद्देश्यसहित तालिमको आयोजना भएको थियो ।
नेफ्स्कून सर्लाही फिल्ड कार्यालयको आयोजनामा सञ्चालित तालिममा महोत्तरी, सर्लाही र रौतहट जिल्लामा सञ्चालित २२ बचत तथा ऋण सहकारी संस्थाबाट गरी अग्रभागमा कार्यरत ३४ कर्मचारी सहभागी थिए । चैत्र ९ र १० गते सञ्चालित उक्त तालिमको उद्घाटन सगुन साकोसका अध्यक्ष केशव ढकालले गर्नुभएको थियो । तालिम सहजीकरण संघका तालिम अधिकृत रविन्द्र श्रेष्ठले र तालिम उद्घाटन सत्र सञ्चालन फिल्ड कार्यालय इन्चार्ज महेश बरालले गर्नुभएको थियो ।
८ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
१७ दिन अगाडि
१८ दिन अगाडि
३५ दिन अगाडि
२४ दिन अगाडि
९ दिन अगाडि
२७ दिन अगाडि
२७ दिन अगाडि
२७ दिन अगाडि
२५ दिन अगाडि
३४ दिन अगाडि