काशीमा पानी पर्दा कौसीमा छाता ओड्नुको अर्थ छैन : प्रकाश भुर्तेल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
काशीमा पानी पर्दा कौसीमा छाता ओड्नुको अर्थ छैन : प्रकाश भुर्तेल

“सहकारीमा जोखिम बढ्यो”,“जोखिम व्यवस्थापन गर्नुपर्यो”, “सहकारी अभियान धारासायी बन्यो अब खतरा छ”, “हामी चाँही सहि छौं, हामीमा समस्या छैन”, पछिल्लो समयमा एकपछि अर्को सहकारीहरु समस्याममा पर्दा हामीलाई समेत असर प¥यो ! लगायतका कुराहरु यतिबेला प्रारम्भिक संस्थादेखि केन्द्रसम्म जताततै सुनिने कुरा भएका छन् तर यसप्रति मेरो फरक धारणा छ, बेग्लै बुझाइ छ । 

सहकारीमा जोखिम अहिले मात्र होइन सञ्चालनको सुरुवातदेखिनै छ,  मात्र जोखिम छ भन्ने बुझाइ सञ्चालकमा छैन र त्यो अनुसारको व्यवहार छैन । 

सहकारीमा दर्ता गर्दा जोखिम छ, सञ्चालक बन्दा जोखिम छ, सदस्य बनाउँदा जोखिम छ, ऋण लगानी गर्दा जोखिम छ, ऋण असुलीमा जाँदा जोखिम छ, ऋण लिनेलाई जोखिम छ, दिनेलाई जोखिम छ । कहाँ छैन जोखिम ? कहाँ छैन चुनौति ? हरदम जोखिम छ र सँगसँगै अवसर पनि छ । यतिखेर आएर जोखिम छ भन्नु, चुनौति छ भन्नु, अत्तालिनु, स्पष्टीकरण दिनु, बखान गर्नु, हाम्रो संस्था चाँही राम्रो छ भन्नुको खासै अर्थ छैन । कसैको मेखमार्न होइन, व्यक्तिगत व्यवसाय गर्न होइन समुदायमा आवश्यकताका आधारमा सहकारी दर्ता भएको थियो, सहकारीको मर्म, उद्देश्य, सिद्धान्त, नीति, विधि र पद्धतिमा सञ्चालन भएको छ, वित्तीय अनुशासन र सु–शासनमा चलेको छ, राज्य र छाता संगठनका निर्देशनहरु पालना गरिएको छ भने तपाई किन आत्तिने ? किन हामी सुरक्षित छौं भनिराख्ने? चल्नुस् एकनासले निरन्तर किन सोच्ने दायाँबाया ? जो माथि उल्लेखित विषयमा कहिँकतै चुकेको छ उसलाई हो समस्या, ऊ हो डराउनुपर्ने, उसले हो ढाकछोप गर्ने, उसले हो राम्रो छु, नआत्तिनोहोस् भनी ढोल पिटाउने । खराबले हो सुध्रिनुपर्ने, असल ले त बिग्रनबाट जोगिए पुग्छ । त्यसैले काशीमा पानी पर्दा कौसीमा छाता ओड्नु पर्दैन ! छाता बोकिराख्नुस् पानी पर्दा काम लाग्छ तर पानी परेको हल्ला सुनेर व्यर्थै किन छाता ओड्नुहुन्छ ? 

नियममा चलेका राम्रा संस्थाको लागि त यो सुनौलो अवसर हो । 

यो होइन कि एउटा त्यस्तो भेल आउँदैछ सब सहकारीहरु बगाउँदैछ, तपाई बलियो खुट्टा टेक्नुभएको छ भने खहरेले केही गर्दैन, आत्तिनै पर्दैन । पुलिसहरु हिडेको देख्तैमा बदमासहरु र अपराधी हो डराउनुपर्ने, ईमान्दार र असल व्यक्ति डराउनै पर्दैन, हदै होला सोधपुछ सम्म गर्लान्, पक्रेर थुनि हाल्दैनन् । अपराधी हो भने सजाएँ पाउनुपर्छ, ईमान्दारले ईनाम ! त्यसैले कुकुर भुक्दै गर्छ, हात्ती लम्किंदै जानुपर्छ, आँधीबेहेरी आउँदा हवाईजहाज आकाशमा रोकेको देख्नुभाछ ? ऊ त आवश्यक सुरक्षा कवचको साथमा छ, आफ्नै वेगले हुँइकिन्छ निरन्तर गन्तव्य हेर्दै ! तपाई हवाईजहाज हो भने कागजको डुङ्गाको व्यवहार देखाउनु आवश्यक छैन ! तपाई के हो मुखले होइन व्यवहार र कर्मले देखाउनुहोस् ! त्यसैले आफु सम्हालिएर हिडौं, अरु लड्लान् भनेर चिन्ता गर्नै पर्दैन ।
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

८ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

५ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

८ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप