सदस्यसँग नेफ्स्कूनको सहकारी अन्तरक्रिया  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्यसँग नेफ्स्कूनको सहकारी अन्तरक्रिया  

रौतहट । नेफ्स्कून सर्लाही फिल्ड कार्यालयको आयोजनामा चन्द्रपुर लगायत आसपासका बचत तथा ऋण सहकारी संस्थाहरुसँग सहकारीका समसामयिक विषयहरुमा अन्तरक्रिया गरिएको छ । सोमबार आयोजित कार्यक्रममा चन्द्रपुर न.पा.को क्षेत्रमा सञ्चालित संघमा आबद्ध भएका बचत तथा ऋण सहकारी संस्थाहरु बिच अन्तरक्रिया गरिएको हो । कार्यक्रममा २० वटा बचत तथा ऋण सहकारी संस्थाहरुबाट ३७ जनाको सहभागिता रहेको थियो ।

नेफ्स्कूनका सञ्चालक सदस्य गोमा नेपालको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला बचत संघका माहासचिव देव बहादुर सापकोटा, कोषध्यक्ष नरेन्द्र बहादुर राना, फिल्ड व्यवस्थापन उप–समिति सदस्य विभु पोखरेल, चन्द्रपुर न.पा. का सहकारी शाखा प्रमुख शेख नसरे आलम लगायतको उपस्थिति थियो ।  कार्याक्रमको सहजीकरण संघका सर्लाही फिल्ड कार्यालय प्रमुख महेश बरालले गर्नुभएको थियो ।

चन्द्रपुर न.पा. का सहकारी शाखा प्रमुख शेख नसरे आलमले  नेफ्स्कूनलाई धन्यबाद दिदैँ नेफ्स्कून सँग सहकार्य गरी अगाडि बढिरहने प्रतिवद्घता दिदै आउदो सहकारी दिबसको कार्यक्रमको लागि संस्थाहरुलाई आमान्त्रित गर्नु भयो । साथै नव विकाश साकोसका अध्यक्ष देव बहादुर सापकोटाले साकोसहरुलाई स्तरिकरण कार्यक्रम र स्थिरीकरण कोषमा आबद्धताका लागि अनुरोध गर्नु भयो ।

सञ्चालक सदस्य नेपालले सहभागीहरुको जिज्ञासाको जबाफ दिदै सहकारीका विद्यमान समसामयिक समस्याको जड नै सुशासनमा कमजोरी रहेको बताउनुभयो । उहाँले साकोसको सुरक्षा, सबलीकरण र सुदृढीकरणका लागि अव अभियानमा ऐक्यबद्धताको विकल्प नभएको बताउँदै सम्पूर्ण बचत तथा ऋण सहकारी संस्थाहरु संघमा आवद्ध भई गुणस्तर सुधारका कार्यक्रममा सहभागी हुन अनुरोध गर्नुभयो । नीति, विधि र प्रविधिगत एकरुपता विना साकोस अभियान सुरक्षित हुन नसक्नेमा उहाँले जोड दिनुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप