जापान आर्थिक अनुसन्धान संस्थाका प्रतिनिधिद्वयलाई नेफ्स्कूनमा स्वागत
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जापान आर्थिक अनुसन्धान संस्थाका प्रतिनिधिद्वयलाई नेफ्स्कूनमा स्वागत

काठमाडौं । जापानको आर्थिक अनुसन्धान संस्थाका बरिष्ठ परामर्शदाता द्वय Miyuki SATO र Masahito AOKI  ले आज नेफ्स्कून केन्द्रीय कार्यालय नयाँ बानेश्वर भ्रमण गरी संघको व्यवस्थापन समूहसँग भेटवार्ता गरेका छन् । नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल लगायत उच्च व्यवस्थापनका कर्मचारीहरुद्वारा उक्त टोलीलाई संघको कार्यालयमा अपरान्ह स्वागत गरिएको थियो ।

जापानको आर्थिक अनुसन्धान संस्थाद्वारा सञ्चालित कृषिमा आधारित आर्थिक विकास परियोजना अन्तर्गत कृषि विकास कार्यक्रमका लागि नेपाल आएका उनीहरुले नेपालका बचत तथा ऋण सहकारीहरुको शीर्षस्थ निकायको भ्रमण गरि संघका कार्य गतिविधिहरुबारे जानकारी लिएका थिए ।

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पोखरेलले संघको वस्तुस्थिति, वित्तीय कारोबार, पहुँच विस्तार, सदस्य सम्बन्ध, प्रविधि विकास, गुणस्तर सुनिश्चितताका कार्यक्रमहरु, स्थिरीकरण कोष, अन्तर्राष्ट्रिय सम्बन्ध आदि बारे प्रस्तुतीकरण गर्नुभएको थियो । संघका सहायक कार्यकारी अधिकृत एव् वित्त तथा सामान्य प्रशासन विभाग प्रमुख राधेश्याम श्रेष्ठले सदस्य सम्बन्ध र साकोस सञ्जालिकरणको विषयमा जानकारी गराउनुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप