६६औं राष्ट्रिय सहकारी दिवस भव्य रुपमा मनाऔं, चैत्र २० गते बिहान माइतीघर मण्डला जाऔं
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
६६औं राष्ट्रिय सहकारी दिवस भव्य रुपमा मनाऔं, चैत्र २० गते बिहान माइतीघर मण्डला जाऔं

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लि.का सञ्चालक सदस्य टेकप्रसाद चौलागाईंको संयोजकत्वमा ६६औं राष्ट्रिय सहकारी दिवस मुल समारोह समिति अन्तर्गत प्रचार प्रसार उप–समितिको बैठक सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको सभाहलमा आज आयोजित वैठकले चैत्र २० गते ६६औं राष्ट्रिय सहकारी दिवस भव्य रुपमा सम्पन्न गर्न काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला सहकारी संघबीच कार्यजिम्मेवारी बाँडफाँड गरेको छ । 

वि.सं.२०१३ साल चैत्र २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापना भएको दिनलाई स्मरण गर्दै नेपालको सहकारी अभियानले विविध कार्यक्रमको आयोजना गरी ६६औं राष्ट्रिय सहकारी दिवस मनाउन गइरहेको हो । सो अन्तर्गत काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट विहान ७ बजे झाँकी, व्यानर, प्लेकार्ड लिइ सद्भाव र्याली सहित माइतीघर मण्डलामा पुगेर कोणसभा आयोजना गर्ने जनाएको छ । 

‘सहकारीको दिगोपनः स्वनियमन र सुशासन’ भन्ने यस बर्षको थिमलाई सार्थक बनाउन ६६औं राष्ट्रिय सहकारी दिवसको कार्यक्रम देशव्यापी बनाउन महासंघले वुधबार पत्रकार सम्मेलन गरी विज्ञप्ती जारी गर्दै प्रदेश, जिल्ला र केन्द्रीय संघहरुमार्फत र्याली सहित सम्पूर्ण सहकारीकर्मीहरुलाई माइतिघर मण्डलामा उपस्थितिका लागि आव्हान गरेको छ । 

महासंघले काठमाडौं, ललितपुर र भक्तपुरका सम्पूर्ण सहकारी संघ संस्थाका कार्यालयहरु विदा गरि सक्रिय रुपमा कार्यक्रममा सहभागिताका लागि आव्हान गरेको छ भने देशैभरि राष्ट्रिय सहकारी दिवसका कार्यक्रम गरि त्यसको जानकारी महासंघमा गराउन समेत अनुरोध गरेको छ ।

महासंघका सञ्चालक चौलागाईको संयोजकत्वमा गठित ६६औं राष्ट्रिय सहकारी दिवस  प्रचार प्रसार उपसमिति सदस्यहरुमा राष्ट्रिय सहकारी बचाउ अभियानका सह संयोजक विपिन शर्मा, जिल्ला सहकारी संघ लतिपुरकी उपाध्यक्ष शशी खड्का, जिल्ला सहकारी संघ काठमाडौंका सचिव बाल कुमार बास्तोला, काठमाडौँ जिल्ला बहुउद्देश्यीय सहकारी संघका लेखा समिति सदस्य राम महर्जन, नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत नविनराज दाहाल, राष्ट्रिय सहकारी बैंकका प्रमुख प्रविधि अधिकृत नविन कार्की हुनुहुन्छ । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१८ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप