ऋण लगानी सदुपयोगिता गोष्ठी सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ऋण लगानी सदुपयोगिता गोष्ठी सम्पन्न 

सिन्धुली । नेफस्कून सिन्धुली सेवा केन्द्रको आयोजना तथा सिन्धुली बचत तथा ऋण सहकारी संघको व्यवस्थापनमा एक दिवसीय ऋण लगानी सदुपयोगिता, अनुगमन तथा मूल्याङ्कन गोष्ठी सम्पन्न भएको छ । सिन्धुलीमाढी स्थित कमलामाई पार्टी प्यालेसमा बुधबार आयोजित गोष्ठीमा बचत संघकी अध्यक्ष मिथुला घिमिरेको अध्यक्षता र वागमती प्रोस्कुनका सञ्चालक एवम् बचत संघका उपाध्यक्ष कृष्णहरि कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा सहभागी अतिथि जिल्ला सहकारी संघ सिन्धुलीका सञ्चालक शम्भु दाहाल एवम् बचत संघका सञ्चालक पुरुषोत्तम पहाडीले अहिलेको समसामयिक तरलता व्यवस्थापन तथा ऋण लगानीको वर्तमान अवस्थाको बारेमा महत्वपूर्ण विचार राख्नुभएको थियो । गोष्ठीको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो । गोष्ठीमा विभिन्न साकोसबाट गरी ३५ जना साहकारीकर्मीहरु सहभागी थिए ।

कार्यक्रममा सहभागी ब्यवस्थापकद्वय सम्झना आचार्य र नवीन कार्कीले गोष्ठी अत्यन्त समयसान्दर्भिक, प्रभावकारी र उपलब्धीमूलक रहेको विचार ब्यक्त गर्नुभएको थियो । 
बचत संघका कार्यक्रम अधिकृत शारदा पहाडीद्वारा सञ्चालित गोष्ठीको उद्घाटन सत्रमा नेफ्स्कून सिन्धुली सेवा केन्द्रका इन्चार्ज श्याम बुढाथोकीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप