साकोसका अध्यक्ष तथा व्यवस्थापकहरुसँग वृहत अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसका अध्यक्ष तथा व्यवस्थापकहरुसँग वृहत अन्तरक्रिया 

सुनसरी । बचत तथा ऋण सहकारी संघ लि.,सुनसरीले दुहबी क्षेत्रका बचत तथा ऋण सहकारी संस्थाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सहकारी क्षेत्रमा देखिएका जल्दाबल्दा समस्याहरु र समाधानको पहल गर्ने उद्देश्यले संघले विहिबार दुहबी क्षेत्रका साकोसहरुका अध्यक्ष तथा व्यवस्थापकहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । 

जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड दुहबीको सभाहलमा आयोजित कार्यक्रम संघका बरिष्ठ उपाध्यक्ष प्रल्हाद दहालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष दाहालले सहकारीका समसामयिक बस्तुस्थिति र अवको मार्ग विषयक प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कून कोशी प्रदेश फिल्ड कार्यालय इटहरीका व्यवसाय अधिकृत मुकेश दहाल र कार्यक्रम अधिकृत शौभाग्य भट्टराईले सहकारीमा सुशासनका लागि आवश्यक कार्यक्रम तथा व्यवस्थाहरुका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो  । 

कार्यक्रम माथी प्रकाश पार्दै संघका कोषाध्यक्ष मिलन त्रितालले विश्व नै आर्थिक मन्दिबाट गुज्रीरहेको वर्तमान अवस्थामा सहकारी क्षेत्र त्यसबाट अछुतो रहन नसकेको भन्दै सहकारी अभियानलाई सुशासित ढंगले सञ्चालन गर्न सहकारी सिद्धान्त अनुरुप साकोसहरु सञ्चालित हुनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रम सञ्चालिका तथा संघकी सचिव गोमा कुमारी गिरीले सहकारी सिद्धान्त अनुरुप नचलेर नै वर्तमान समस्या उत्पन्न भएको भन्दै सिद्धान्त अनुरुप कार्यक्रममा आबद्ध साकोसहरुमा समस्या नदेखिएको पाईएकाले अहिले देखिएको समस्या सबै सहकारीकर्मीहरु मिलेर सामना गर्नुपर्ने बताउनुभयो । 

अन्तरक्रिया कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गर्दै संघका सल्लाहकार तथा सहकारी संघ कोसी प्रदेशका सदस्य मिलिराम चौधरीले सिद्धान्त र अभियानका कार्यक्रम सञ्चालनमा ज्ञानको कमीले समस्या देखिएको बताउदै कार्यक्रममा आबद्ध भइ सिद्धान्त अनुरुप काम गरेर साकोसहरुलाई बलियो बनाउन ढिला भएको प्रतिक्रिया दिनुभयो । चौधरीले अभियानले तालिम, गोष्ठी र कार्यक्रमहरुलाई बढाउनुपर्नेमा समेत जोड दिनुभयो । 

अन्तरक्रिया कार्यक्रममा सहभागी साकोसका अध्यक्ष तथा व्यवस्थापकहरुले आ–आफ्नो संस्थाको वर्तमान अवस्थाको चित्रण गर्दै अभियानमा सुशासन कायम गर्न आफुहरु पूर्ण प्रतिबद्धत भएर सहकारी सिद्धान्त अनुसार संस्था सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने उद्घोष गर्नुभयो । 

संघका सञ्चालक सदस्य सन्दिप पौडेलले संस्था सञ्चालनमा ऐन, विधि र सहकारी सिद्धान्त बमोजिम काम गर्नुपर्ने तर्क गर्नुभयो । पूँजी तथा सदस्यता वृद्धि संयोजक समेत रहेका पौडेलले बचत संघसँग सहकार्य गरी तालिम, शिक्षा लगायत अन्य क्षेत्रमा पनि हातेमालो गर्न साकोसहरुलाई आव्हान गर्नुभयो । 

संघको तर्फबाट ७ बुँदे दुहबी प्रतिबद्धता पत्र जारी गर्दै समापन भएको अन्तरक्रिया कार्यक्रमा  संघले प्रारम्भिक संस्थाहरुका जल्दाबल्दा समस्या समाधन गर्न पहल गर्ने संघकी अध्यक्ष योगमाया सुवेदीले बताउनुभयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप