लुम्बिनी सहकारीको वित्तीय साक्षरता कक्षा सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लुम्बिनी सहकारीको वित्तीय साक्षरता कक्षा सञ्चालन

भैरहवा । लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि सिद्धार्थनगरले रूपन्देही क्याम्पसमा अध्ययनरत स्नातक तह व्यवस्थापन संकाय र शिक्षा संकायका विद्यार्थीहरूलाई लक्षित गरी आज वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई समृद्ध जीवन निर्माणका लागि वित्तीय सचेतना साथै बचतको महत्व, बचत बानीको विकास, वित्तीय लक्ष्य निर्धारण र वित्तीय लक्ष्य पुरा गर्न आवश्यक प्रवल ईच्छाशक्ति र त्यो पुरा गर्ने खुवी विकासबारे प्रशिक्षित गराइएको थियो । 

६६ औं राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा लुम्बिनी बचतले वित्तीय साक्षरताको कार्यक्रम सञ्चालन गरेको हो । शुक्रबार सम्पन्न कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक वैकुण्ठनाथ अर्यालको अध्यक्षता, रूपन्देही क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मण ज्ञवालीको प्रमुख आतिथ्यता र राष्ट्रिय सहकारी बैंक लि. भैरहवा शाखाका प्रमुख आलोक शिवाकोटी तथा त्रिशुल बचत तथा ऋण सहकारी संस्था लि. भैरहवाकी प्रबन्धक सरिता रानाको विशिष्ट आतिथ्यता रहेको थियो । 

वित्तिय साक्षरता कार्यक्रमको संचालन सहित सहजीकरण तथा प्रस्तुतिकरण लुम्बिनी साकोसका प्रबन्धक राम प्रसाद बरालले गर्नुभएको थियो । कार्यक्रममा साकोसका संचालक सदस्य पानेश्वर पौडेल, सिता कुमारी ढुंगाना काफ्ले, लेखा सुपरिवेक्षण समिति सदस्य माधव अर्याल, शेयर सदस्य पार्थिवेन्द्र उपाध्याय, मञ्जु खनाल, विशाल बस्नेत, विमला ढुंगाना, दिप्ती ढुंगाना, शिवलाल काफ्ले, कर्मचारी रचना मल्ल र अर्जुन प्रसाद पाण्डेय, रूपन्देही क्याम्पसकी डा. नम्रता चौधरी र ७९ जना स्नातक तहका विद्यार्थीहरूको सहभागिता रहेको थियो । सो कार्यक्रमले जनमानसमा जिवनशैली सहज बनाउनका लागि वित्तीय लक्ष्य निर्धारण, बचतको नियमितता, ऋणको कुशल परिचालन, बजेट निर्माण, संचालित व्यवसायको निरन्तरता, बिमा र विप्रेषण जस्ता क्षेत्रहरुमा लाभदायक निर्णय गर्न जोड दिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लक्ष्मण ज्ञवालीले प्रत्येक सहकारी संस्थाहरुले आफ्ना सदस्य तथा समुदायका आम जनसमुदायहरुलाई वित्तीय साक्षरता, सहकारी शिक्षा, संस्थाका गतिविधीहरुका बारेमा नियमित रुपमा जानकारी गराउनु पर्ने कुरामा जोड दिनुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप