सहकारी दिवसका अवसरमा भैरहवामा बृहत सहकारी अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी दिवसका अवसरमा भैरहवामा बृहत सहकारी अन्तरक्रिया

भैरहवा । ६६औं राष्ट्रिय सहकारी दिवसका अवसरमा ‘सहकारीको दिगोपनः स्वनियम र सुशासन’ भन्ने मुल आदर्शलाई आत्मसाथ गर्दै सिद्धार्थनगर, भैरहवामा सञ्चालित बचत तथा ऋण सहकारी संस्था र बहुउद्देश्यीय सहकारीहरु बीच सहकारीमा सदस्य सेवा र सुशासन विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखिएका जल्दाबल्दा समस्याहरु र समाधानको पहल गर्ने उद्देश्यले भैरहवा क्षेत्रका साकोसहरुका अध्यक्ष, लेखा सुपरिवेक्षण समिति तथा कार्यरत व्यवस्थापकहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।  सिद्धार्थनगर स्थित पिस नाइट पार्टी प्यालेसको सभाहलमा आयोजित कार्यक्रम  उपस्थित साकोसका अध्यक्षहरू मध्ये ज्येष्ठ राजेन्द्र श्रेष्ठको अध्यक्षता, प्रदेश बचत संघका अध्यक्ष कृष्ण प्रसाद नेपालको प्रमुख आतिथ्यता तथा सिद्धार्थनगर नगरपालिकाका सहकारी अधिकृत कमल कान्त खनाल र राष्ट्रिय सहकारी बैंक लि.का शाखा प्रबन्धक आलोक शिवाकोटीको विशिष्ट आतिथ्यता रहेको थियो । 

सो अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि कृष्ण प्रसाद नेपाल र विशिष्ट अतिथि कमल कान्त खनालले सहकारीमा सदस्य सेवा र सुशासन विषय सहित सहकारीका समसामयिक वस्तुस्थिति र आगामी मार्गका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । सो कार्यक्रममा सहकारीमा सुशासनका लागि आवश्यक कार्यक्रम तथा व्यवस्थाहरुका बारेमा प्रस्तुतिकरण मार्फत जानकारी समेत गराइएको थियो । 

लुम्बिनी साकोस भैरहवाका प्रबन्धक राम प्रसाद बरालको सञ्चालनमा भएको सो अन्तरक्रिया कार्यक्रममा विशिष्ट अतिथि आलोक शिवाकोटीले कार्यक्रमको विषय वस्तुमाथी प्रकाश पार्दै उपस्थित सबैमा स्वागत गर्नु भएको थियो । 

संघका कोषाध्यक्ष मिलन त्रितालले विश्व नै आर्थिक मन्दिबाट गुज्रीरहेको वर्तमान अवस्थामा सहकारी क्षेत्र त्यसबाट अछुतो रहन नसकेको भन्दै सहकारी अभियानलाई सुशासित ढंगले सञ्चालन गर्न सहकारी सिद्धान्त अनुरुप साकोसहरु सञ्चालित हुनुपर्नेमा जोड दिनुभयो ।  सो कार्यक्रम राष्ट्रिय सहकारी बैंक लि. भैरहवा शाखा , लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि, त्रिशुल बचत तथा ऋण सहकारी संस्था लि., टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि., अविरल बचत तथा ऋण सहकारी संस्था लि.सिद्धार्थ गौतम बहुउद्देश्यीय सहकारी संस्था लि., शिखर बचत तथा ऋण सहकारी संस्था लि., उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि. मेगा बागेश्वरी बहुमुखी सहकारी संस्था लि., हिमचुली बचत तथा ऋण सहकारी संस्था लि., किसान सहकारी संस्था लि. र अङकुर बचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त आयोजनामा भएको थियो ।  

अन्तरक्रिया कार्यक्रममा सहभागी साकोसका अध्यक्ष तथा व्यवस्थापकहरुले आ–आफ्नो संस्थाको वर्तमान वित्तीय अवस्था चित्रण गर्दै सहकारी अभियानमा सदस्य सेवा प्रवाह र सुशासन कायम गर्न आफुहरु पूर्ण प्रतिबद्ध भएर सहकारी सिद्धान्त अनुसार संस्था सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने उद्घोष गर्नुभएको थियो ।


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप