सिद्धान्तमा चलेका सहकारीमा कारोबार गर्न कुनै हिच्किचाहट छैन’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिद्धान्तमा चलेका सहकारीमा कारोबार गर्न कुनै हिच्किचाहट छैन’

‘सर्लाही । ईश्वरपुर न.पा. ६, वयलवास वजारमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले चैत्र १८ शनिवार आफ्ना शेयर सदस्यसँग वृहत्तर अन्तरक्रिया कार्यक्रम गरेको छ । साकोसका अध्यक्ष वेनी वहादुर कार्कीको अध्यक्षता र सर्लाह बचत संघकी नवनिर्वाचित अध्यक्ष मन्दिरा आचार्यको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

वर्तमान अवस्थामा सहकारी संघ संस्थामा देखिएको तरलता समेतका समस्या र सो को समाधानका विषयमा कार्यक्रम केन्द्रित थियो ।

कार्यक्रमकी प्रमुख अतिथि आचार्यले स्वस्तिक मधेश प्रदेश कै उत्कृष्ट संस्था र सहकारी सिद्धान्तमा आधारित भई सञ्चालन भएको हुँदा स्वस्तिकमा कारोबार गर्न सदस्यहरुले कुनै हिच्किचाहट गर्नुनपर्ने बताउनुभयो । 

साकोसका उपाध्यक्ष वाल्मीकि सिंहद्वारा स्वागत गरिएको कार्यक्रममा संस्थाका व्यवस्थापक विनोद कुमार थापाले पल्स सूचकांक सहित समग्रमा संस्थाको हाल सम्मको हरहिसाव सहितको विवरण प्रस्तुत गर्दै संस्था सामुदाय सँग नै जोडियर नीति, विधि र प्रविधिमा चलेकोले सदस्यहरुले स्वस्तिकसँग ढुक्क भएर कारोबार गर्न सक्ने भनाई राख्नुभएको थियो । 

नेफस्कून फिल्ड कार्यालय हरिवनका प्रमुख महेश बरालले स्वस्तिक प्रोवेशन व्राण्डिङमा रहेकाले हरेक तीन महिनामा नेफस्कूनका कार्यक्रम अधिकृत आएर संस्थाको हरिहिसाव जाँच गरि प्रतिवेदन दिने गरेको र साकोसका सम्पूर्ण सूचकांकहरु स्वस्थ रहेको प्रष्ट पार्नुभएको थियो । स्वस्तिकले समुदायको मन जितेर कारोवार गरिरहको, नीति विधि र प्रविधि अनुरुप चलेकोले भविष्यमा तरलता अभावको समस्या आइपरेपनि नेफ्स्कूनको पूर्ण साथ सहयोग रहनेहुँदा सदस्यहरुलाई निश्चिन्त भएर कारोवार गर्न सुझाउनुभएको थियो ।

अत्तरक्रिया कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष कार्कीले शेयर सदस्यको अपार मायाका कारण संस्थामा भएको आगलागिको घटना, सशस्त्र द्वन्दकालको समय, जनआन्दोलन वा मधेश आन्दोल र नेपाल सरकार तथा स्थानिय सरकारले लगाएको लकडाउनको समयमा पनि कुनै समस्या झेल्नुनपरेको बताउनुभयो । संस्थामा आइपर्ने जस्तोसुकै परिस्थितिमा पनि सदस्यहरुको साथ, माया, विश्वास र ऐक्यबद्धताले भविष्यमा पनि निर्वाध रुपमा सञ्चालनमा रहनेमा आफू विश्वस्त रहेको भनाई व्यक्त गर्नुभयो । अध्यक्ष कार्कीले स्वस्तिक नीति, विधि र प्रविधिलाई अंगालेर हिडेकाले याँहा व्यक्ति फेरियर केही असर नपर्ने भएकाले शेयर सदस्यहरुलाई यसरी नै स्वस्तिकमा सवै प्रकारका आर्थिक कारोवार गरिरहन आग्रह गर्नु भयो ।  
 
संस्थाका सचिव वेचुप्रसाद तिमलसिना, कोषाध्यक्ष विष्णुहरि मैनालीले मन्तव्य राख्नुभएको अन्तरक्रिया कार्यक्रममा उपस्थित शेयर सदस्यहरुले शनिवारको कार्यक्रमवाट धेरै कुरामा प्रष्ट हुने अवसर मिलेको भन्दै स्वस्तिक साकोसमाम ढुक्क भएर कारोवार गर्न सकिने विचार राख्नुभएको थियो । 


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप