सिद्धान्तमा चलेका सहकारीमा कारोबार गर्न कुनै हिच्किचाहट छैन’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिद्धान्तमा चलेका सहकारीमा कारोबार गर्न कुनै हिच्किचाहट छैन’

‘सर्लाही । ईश्वरपुर न.पा. ६, वयलवास वजारमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले चैत्र १८ शनिवार आफ्ना शेयर सदस्यसँग वृहत्तर अन्तरक्रिया कार्यक्रम गरेको छ । साकोसका अध्यक्ष वेनी वहादुर कार्कीको अध्यक्षता र सर्लाह बचत संघकी नवनिर्वाचित अध्यक्ष मन्दिरा आचार्यको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

वर्तमान अवस्थामा सहकारी संघ संस्थामा देखिएको तरलता समेतका समस्या र सो को समाधानका विषयमा कार्यक्रम केन्द्रित थियो ।

कार्यक्रमकी प्रमुख अतिथि आचार्यले स्वस्तिक मधेश प्रदेश कै उत्कृष्ट संस्था र सहकारी सिद्धान्तमा आधारित भई सञ्चालन भएको हुँदा स्वस्तिकमा कारोबार गर्न सदस्यहरुले कुनै हिच्किचाहट गर्नुनपर्ने बताउनुभयो । 

साकोसका उपाध्यक्ष वाल्मीकि सिंहद्वारा स्वागत गरिएको कार्यक्रममा संस्थाका व्यवस्थापक विनोद कुमार थापाले पल्स सूचकांक सहित समग्रमा संस्थाको हाल सम्मको हरहिसाव सहितको विवरण प्रस्तुत गर्दै संस्था सामुदाय सँग नै जोडियर नीति, विधि र प्रविधिमा चलेकोले सदस्यहरुले स्वस्तिकसँग ढुक्क भएर कारोबार गर्न सक्ने भनाई राख्नुभएको थियो । 

नेफस्कून फिल्ड कार्यालय हरिवनका प्रमुख महेश बरालले स्वस्तिक प्रोवेशन व्राण्डिङमा रहेकाले हरेक तीन महिनामा नेफस्कूनका कार्यक्रम अधिकृत आएर संस्थाको हरिहिसाव जाँच गरि प्रतिवेदन दिने गरेको र साकोसका सम्पूर्ण सूचकांकहरु स्वस्थ रहेको प्रष्ट पार्नुभएको थियो । स्वस्तिकले समुदायको मन जितेर कारोवार गरिरहको, नीति विधि र प्रविधि अनुरुप चलेकोले भविष्यमा तरलता अभावको समस्या आइपरेपनि नेफ्स्कूनको पूर्ण साथ सहयोग रहनेहुँदा सदस्यहरुलाई निश्चिन्त भएर कारोवार गर्न सुझाउनुभएको थियो ।

अत्तरक्रिया कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष कार्कीले शेयर सदस्यको अपार मायाका कारण संस्थामा भएको आगलागिको घटना, सशस्त्र द्वन्दकालको समय, जनआन्दोलन वा मधेश आन्दोल र नेपाल सरकार तथा स्थानिय सरकारले लगाएको लकडाउनको समयमा पनि कुनै समस्या झेल्नुनपरेको बताउनुभयो । संस्थामा आइपर्ने जस्तोसुकै परिस्थितिमा पनि सदस्यहरुको साथ, माया, विश्वास र ऐक्यबद्धताले भविष्यमा पनि निर्वाध रुपमा सञ्चालनमा रहनेमा आफू विश्वस्त रहेको भनाई व्यक्त गर्नुभयो । अध्यक्ष कार्कीले स्वस्तिक नीति, विधि र प्रविधिलाई अंगालेर हिडेकाले याँहा व्यक्ति फेरियर केही असर नपर्ने भएकाले शेयर सदस्यहरुलाई यसरी नै स्वस्तिकमा सवै प्रकारका आर्थिक कारोवार गरिरहन आग्रह गर्नु भयो ।  
 
संस्थाका सचिव वेचुप्रसाद तिमलसिना, कोषाध्यक्ष विष्णुहरि मैनालीले मन्तव्य राख्नुभएको अन्तरक्रिया कार्यक्रममा उपस्थित शेयर सदस्यहरुले शनिवारको कार्यक्रमवाट धेरै कुरामा प्रष्ट हुने अवसर मिलेको भन्दै स्वस्तिक साकोसमाम ढुक्क भएर कारोवार गर्न सकिने विचार राख्नुभएको थियो । 

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

१० घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न
श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

१ दिन अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१३ दिन अगाडि

पाठकबाट थप