सहकरी कर्जा सुचना केन्द्र आउँछ  : सचिव रेग्मी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकरी कर्जा सुचना केन्द्र आउँछ  : सचिव  रेग्मी

ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर  रेग्मीले ऐनमा नै रहेको सहकारीको कर्जा सुचना केन्द्र, कर्जा असुली न्याधिकरण, बचत तथा कर्जा सुरक्षण कोषको कार्यान्वयनमा मन्त्रालयले प्राथमिकता लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको विषेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकार र अभियान मिलेर सहकारीमा देखिएका वर्तमान समस्या समाधान गर्ने बताउनुभयो । ‘विश्वको अर्थतन्त्रमा परेको असरको प्रभाव नेपालको अर्थतन्त्र र सहकारीमा पनि परेको र त्यसको समाधानका लागि अभियान र सहकारी मिलेर अगाडि बढ्नुपर्छ ।’ उहाँले भन्नुभयो । उहाँले सहकारीका कारण स्वरोजगार सिर्जना, उद्यमशिलता विकास, मानव विकास सुचाङ्कहरु सुधार, गरिवी न्युनिकरण भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘जहाँ जहाँ सहकारी आन्दोलन फैलिएको छ, ती सबै ठाउँमा यी सूचकहरुमा सकारात्मक  परिवर्तन भएको छ । यो हामीले गर्व गर्नै पर्छ । ’ उहाँले एक अर्कालाई दोष दिएर समस्या समाधान नहुने समेत बताए । कार्यक्रममा महासंघका अध्यक्ष मिनराज कडेलले सहकारीको कर्जा सुचना केन्द्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । 

अध्यक्ष कडेलले सहकारी अभियानलाई दिगो बनाउनका लागि ऐनमा रहेका प्रावधानहरुको कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले कर्जा सुचना केन्द्रको विषयमा नियमावलीमा रहेका प्रावधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । ‘सहकारीको कर्जा सुचना केन्द्र अहिलेकै अवस्थामा आएमा सुचनाको गोपनियताको कुरा कमजोर हुने र सहकारी नै अप्ठ्यारोमा पर्ने देखिन्छ । नियमावलीमा संशोधन गरेर केन्द्र स्थापना गर्नुपर्छ ।’ उहाँले भन्नुभयो । उहाँले सहकारी स्वनियमनमा चल्ने संस्था भएकाले सहकारीमा सन्दर्भ ब्याजदर तोक्ने व्यवस्था आवश्यक नभएको बताउनुभयो । सो विशेष कार्यक्रममा सहकारीको दिगोपनाः स्वनियमन र सुशासन भन्ने यस बर्षको थिममा पूर्व सचिव शिशिर कुमार ढुङ्गानाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले सहकारीमा संचाकलक केन्द्रीत हुने नभई सदस्यको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । सहकारीको आधारभुत चरित्र र मान्यतालाई आत्मसात गर्दै अनियन्त्रित र असान्दर्भिक कार्यशैलीलाई नियन्त्रण गर्नुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, महासंघका निवर्तमान अध्यक्ष केशव बडाल, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडी, सल्लाहकार रविन्द्र केसी, वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे, उपाध्यक्ष रमेश पोखरेलले सम्बोधन गर्नुभएको थियो  । 

 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप