महासंघका अध्यक्ष कडेल र सञ्चालक उप्रेति विभूषित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महासंघका अध्यक्ष कडेल र सञ्चालक उप्रेति विभूषित

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल र महासंघका सञ्चालक एवम् राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेति सुप्रबल जनसेवाश्री पदकबाट विभूषित हुनुभएको छ । 

त्यसैगरी बागमती प्रदेश सहकारी विभागका पूर्व रजिष्ट्रार नारायणप्रसाद ज्ञवाली पनि सुप्रबल जनसेवाश्री पदकबाट विभूषित हुनुभएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहका बीच राष्ट्रपति पौडेलले विभिन्न क्षेत्रमा रहेर उत्कृष्ट कार्य गर्ने व्यक्तिहरुलाई विभूषण प्रदान गर्नुभएको थियो । 

नयाँ वर्षको अवसर पारेर प्रदान गरिने विभूषण असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको थियो । राष्ट्रपति पौडेलद्वारा ९ सय ८२ जनालाई पूर्व घोषित विभूषण शुक्रबार प्रदान गरिएको थियो । नेपालको संविधानको धारा २७७ को उपधारा १ मा राष्ट्रपतिले राज्यका तर्फबाट प्रदान गरिने उपाधि, सम्मान तथा विभूषण प्रदान गर्ने उल्लेख छ ।

विभूषित हुने सहकारीकर्मीहरुमा महासंघका अध्यक्ष कडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेती, जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि.,रुपन्देहीकी अध्यक्ष ज्ञानु पौड्याल र सन्तानेश्वर नौधारा बचत तथा ऋण सहकारी संस्था, ललितपुरकी अध्यक्ष शशी खड्का हुनुहुन्छ भने बागमती प्रदेश सहकारी विभागका पूर्व रजिष्ट्रार नारायणप्रसाद ज्ञवाली पनि सहकारी अभियानमा उत्कृष्ट योगदान गरेबापत विभूषित हुनुभएको छ । 

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

पाठकबाट थप