प्यूठानमा सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्यूठानमा सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम सञ्चालन

प्यूठान । प्यूठानमा बचत तथा ऋण सहकारी संस्थाहरुका लागि सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम सञ्चालन भएको छ ।

बचत तथा ऋण सहकारी संस्थाहरुले सदस्यहरुलाई प्रदान गर्ने ऋण प्रभावकारी रुपले परिचालन गर्न तथा सहकारीका विभिन्न जोखिमहरुको बेलैमा पहिचान गरी व्यवस्थित एवं नियमसंगत तवरले संस्था सञ्चालन गर्न सहकारीकर्मीहरुलाई दक्ष बनाउने उद्देश्यले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा तालिम आयोजना गरिएको हो ।

तालिमको उद्घाटन सत्रमा बचत तथा ऋण सहकारी संघ लि. प्यूठानका अध्यक्ष भोज बहादुर बस्नेतको अध्यक्षता र जिल्ला सहकारी संघ लि. प्यूठानका अध्यक्ष सुशील पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि पोखरेलले वर्तमान परिवेशमा महत्वपूर्ण विषय छनौट गरी प्यूठानमा तालिम आयोजना गरेकोमा नेफ्स्कूनलाई धन्यवाद व्यक्त गर्दै आर्थिक विकासको महत्वपूर्ण आधार स्तम्भका रुपमा रहेको सहकारी क्षेत्रको विकास र प्रवर्धनमा स्थानीय सरकारको विशेष ध्यान जानु पर्ने बताउनु भयो । कार्यक्रमका अध्यक्ष भोज बहादुर बस्नेतले जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरुको विकास र प्रवर्धनमा बचत संघ प्यूठानले नेफ्स्कूनसँग समन्वय गरी काम गरिरहेको बताउनुभयो । सहकारीहरु अव नीति र विधि अनुसार चल्न जरुरी रहेको भन्दै अध्यक्ष बस्नेतले बचत संघ प्यूठानले नेफ्स्कून सँगको सहकार्यमा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम सञ्चालन गर्न साधारण सभाबाट कार्य योजना पारित गरिसकेकाले कार्यक्रममा आवद्ध हुन बचत तथा ऋण सहकारी संस्थाहरुलाई आग्रह समेत गर्नु भयो ।

विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि. का व्यवस्थापक प्रकाश बैद्यले स्वागत गरेका कार्यक्रमको सञ्चालन नेफ्स्कून फिल्ड कार्यालय दाङका इन्चार्ज विष्णु जोशिले गर्नु भएको थियो ।

जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ,सञ्चालक समिति, ऋण समिति, लेखा समितिका पदाधिकारीहरु गरी २७ जनाको सहभागिता रहेको तालिमको सहजिकरण नेफ्स्कूनका तालिम अधिकृत कोमल राज अधिकारीले गर्नु भएको थियो । तालिम वैशाख ४ र ५ गते सञ्चालित थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप