चन्द्रागिरि साकोसले सुरु गर्यो स्मार्ट सापटी सेवा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरि साकोसले सुरु गर्यो स्मार्ट सापटी सेवा

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि., थानकोट काठमाडौंले आफ्ना मोबाईल बैकिङ सेवा प्रयोगकर्ता सदस्यहरुका लागि स्मार्ट सापटी सुविधा शुभारम्भ गरेको छ । 

साकोसले २२औं स्थापना दिवसको अवसर पारेर वैशाख ६ गतेदेखि मोबाईल बैकिङ सेवा प्रयोगकर्ताहरुका लागि स्मार्ट सापटी सेवा प्रारम्भ गरेको हो । यस सेवाबाट संस्थाका सदस्यहरुले आफुलाई अत्यावश्यक परेको समयमा कुनैपनि कागजात विना, कार्यालयमा उपस्थित नभईकन नै स्वचालित रुपमा मोबाईल बैंकिङ सेवाको माध्यमबाट तुरुन्तै आफ्नो खातामा सापटी रकम प्राप्त गर्न सक्नेछन् । आफ्नो खातामा ब्यालेन्स सकिएको बेला तत्काल कुनै विलको भुक्तानी गर्ने, टपअप तथा रिजार्ज गर्ने, सानो सानो रकमहरु भुक्तानी गर्ने कार्यको लागि खासगरी विद्यार्थी र युवा सदस्यहरुको लागि यो सेवा उपयोगी बन्ने साकोसको विश्वास रहेको छ ।  

शुरुमा परीक्षणको रुपमा न्युनतम रु. १०।– देखि अधिकत रु. २,०००।– सम्म सापटी लिन सकिने व्यवस्था गरिएको छ भने क्रमशः यस सेवाको प्रभावकारीताको मुल्याङ्कन पछी उक्त सिमा बृद्धि गर्ने योजना संस्थाको रहेको छ । लिएको सापटी मध्ये रु. १,०००।– सम्मको सापटीमा २४ घण्टा सम्म ब्याज नलाग्ने व्यवस्था रहेको छ । एक पटक लिएको सापटी ३० दिन सम्म चलाउन सकिनेछ भने साफटी फिर्ता हुने वित्तीकै जुनसुकै बेलामा पुनः सापटी लिन सकिने व्यवस्था गरिएको छ । सापटी आवश्यक हुने सदस्यले मोबाईल बैंकिङ एप मार्फत आवेदन गरे पछी आवेदकको  साख मूल्याङ्कन भई स्वर्त आवेदन स्विकृत हुने व्यवस्था गरिएको छ । 

स्थापनाको २२ वर्ष पुरा गरेको अवसरमा वैशाख ६ गते आयोजना गरिएको एक कार्यक्रममा संस्थाले ऋणको विमा गरेका दिवगंत सदस्य मनहरि रिमालको हकवाला श्रीमती मैया रिमाललाई बिमक कम्पनि सिटिजन लाईफ ईन्सुरेन्सकका लघुवित्त विशेषज्ञ शिव अधिकारीको रोहबरमा बिमाको दावी भुक्तानी तथा काजक्रिया खर्च समेत भुक्तानी गरेको थियो । साथै संस्थाको उच्च शिक्षा छात्रवृत्ति कोषमा भानु प्रकाश ढकालबाट रु. १,००,०००।– सहयोग समेत प्राप्त भएको थियो । 

स्थापना दिवस व्यवस्थापन उप समितिका संयोजक तथा संस्थाका उपाध्यक्ष हरिहर सिग्देलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थापक सदस्यहरु, सल्लाहकारहरु, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति, कर्मचारी व्यवस्थापनका साथै प्रविधि साझेदार कम्पनि एम.बैंक र प्रिमियम टेक्नोलोजीको समेत सहभागिता रहेको थियो । 

कार्यक्रममा साकोसका अध्यक्ष योगेन्द्र कुमार कुँवरले २२ औं स्थापना दिवस सम्म आईपुग्दा साकोसले सहकारी क्षेत्रमा एउटा बेग्लै पहिचान बनाउन सफल भएको बताउनुभयो । साकोसले सुशासन, वित्तीय सक्षमता र दिगो सेवालाई मुख्य केन्द्रविन्दु बनाइ सदस्यहरुलाई बजारमा वित्तीय संकूचन रहेको अवस्थामा समेत पर्याप्त तरलता संचय कायम गरी ऋण लगानीलाई समेत निरन्तरता दिईहेको बताउनु भयो । साथै संस्था वित्तीय सहकारी मात्र नभएर आर्थिक सशक्तिकरण र समृद्धिको साझा लक्ष्य हासिल गर्नको लागि समान उद्देश्य भएका व्यक्तिहरुको सञ्चालन गरेको समुदाय पनि भएको त्यस प्रति सधैझैँ जावाफदेही र उत्तरदायी भएर कार्य गर्ने प्रतिवद्धता समेत जाहेर गर्नुभयो । 

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले स्मार्ट सापटी सेवाको बारेमा प्रकाश पार्नुभएको थियो भने नायव प्रमुख कार्यकारी अधिकृत कविन्द्र धौबन्जार, सिटिजन लाईफ ईन्सेरेन्सका शिव अधिकारी, एम बैंकका सञ्जय महासेठ, सल्लाहकार प्रा.डा. रामशरण पाठक र लेखा संयोजक भानु प्रकाश ढकाल ले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो । संस्थामा हाल १६९८४ जना सदस्य, रु. १७ करोड ६३ लाख शेयर पुँजी, रु. १० करोड ६३ लाख संस्थागत पुँजी, २ अर्ब ५० करोड बचत निक्षे, २ अर्ब ३ करोड ऋण लगानी गरी कुल सम्पत्ति रु. ३ अर्ब ८ करोडको रहेको छ ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप