ग्रामिण र बाल्मिकी साकोसले गरे एकीकरणपछिको संयुक्त साधारणसभा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ग्रामिण र बाल्मिकी साकोसले गरे एकीकरणपछिको संयुक्त साधारणसभा 

रामु भुसाल, बर्दघाट । पश्चिम नवलपरासीको ग्रामिण बाल्मिकी बचत तथा ऋण सहकारी संस्था लि. ले एकीकरणपछिको संयुक्त साधारणसभा गरेको छ । नवलपरासीको बर्दघाट ७ मा रहेको ग्रामिण बचत तथा ऋण सहकारी संस्था र प्रतापपुर २ मा रहेको बाल्मिीक बचत तथा ऋण सहकारी संस्थालाई २०७९ फागुन १४ गते लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालय अन्तर्गत सहकारी दर्ता अधिकारीको कार्यालयबाट एकीकरण स्वीकृति प्रदान गरेको थियो ।  

ग्रामिण बाल्मिकी बचत तथा ऋण सहकारी संस्थाले बैशाख ६ गते साकोसका अध्यक्ष देवी प्रसाद अधिकारीको अध्यक्षता एकीकरण पछिको संयुक्त साधारणसभा सम्पन्न गरेको हो । 

सभामा जिल्ला सहकारी संघ नवलपरासीका उपाध्यक्ष बृहस्पति अधिकारीको प्रमुख आतिथ्यता, नवलपरासी जिल्ला बचत तथा ऋण सहकारी संघ लि संचालक सदस्य, संस्थाका निवर्तमान अध्यक्ष एवं सल्लाहाकार रविन्द्र विक्रम हमाल को बिशेष आतिथ्यता रहेको थियो । 

संयुक्त साधारण सभामा बोल्दै प्रमुख अतिथि अधिकारीले देशमा अहिले आर्थिक संकट बढ्दै गएको अवस्थामा विभिन्न सहकारीहरु पनि धारासायी हुने अवस्थामा रहेको हल्ला चलिरहदा ग्रामिण बाल्मिकी साकोस भने अझ बलियो र पारदर्शी हुदै एक आपसमा मर्ज भएकोमा  खुसी ब्यक्त गर्नुभयो ।

सोही अवसरमा बोल्दै बिशेष अतिथि हमालले ग्रामिण र बाल्मिकी सहकारीको पहिचान भनेकै सदस्यहरुमा वित्तिय सुशासन र जीवन स्तरमा परिवर्तन भएको हुनाले संस्था आजको अवस्थामा आउनु सुखद पक्ष रहेको धारणा राख्दै, सहकारी ठुलो भए संगै जिम्मेवारी पनि थपिने भएकोले त्यस तर्फ गम्भिर भएर काम गर्नुपर्ने बताउनुभएको थियो । यस क्षेत्रमा रहेको बैंकहरूले जस्तै यस संस्थाले पनि काम गर्न सफल भएको बताउदै, अहिलेको समयमा बैंकहरू मर्ज भए जस्तै सहकारीहरू पनि मर्ज हुने भए पछि सहकारी संञ्चालन गर्न अझ जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिनुभयो  ।

संयुक्त  साधारणसभाले ग्रामिण बाल्मिकी साकोसको नया तदर्थ समिति समेत गठन गरेको छ । जस्को अध्यक्षमा देवी प्रसाद अधिकारी, उपाध्यक्षमा लक्ष्मण प्रसाद ज्ञवाली, सचिव राधा ढकाल, सह सचिव शिब देव न्यौपाने, कोषध्यक्षमा  मुरली कृष्ण खनाल र सदस्यहरुमा कृष्ण प्रसाद गौतम, प्रेमकला पाण्डे पोखरेल, कमला कण्डेल, छविलाल तिमिल्सिना, बिमला अधिकारी, बसन्ती कुमारी थापा यशोदा पाण्डे, दिनेश भण्डारी लगायत १३ सदस्य रहनुभएको छ भने बोध प्रसाद पाण्डेको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरेको छ । जसको सदस्यमा राज कुमार बि.क र भानुभक्त ढकाल रहनुभएको छ ।

ग्रामिण सहकारीको हाल सम्मको कुल सम्पत्ति ८२  करोड ८१ लख ८४ हजार ८ सय र  एकिकरण भयको बाल्मिकीको करिब  २१ करोड ७३ लाख १ हजार ६ सय ५७  गरी दुबै सहकारीको एकिरण पछि करिव १ अर्व ४ करोड ५४ लाख ८६ हजार ४ सय ५८ कुल पुँजी रहेको र अब संस्थामा कुल ११ हजार ८ सय ६५ शेयरसदस्य  रहेको संस्थाका व्यवस्थापक अनन्त पाण्डले जानकारी दिनु भयो ।

कार्यक्रममा उपाध्यक्ष सुरज के.सी.को स्वागत मन्तब्य रहेको थियो भने सञ्चालन संस्थाको सह सचिव देविदत्त सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम सहित राष्ट्रिय कलाकार भरत बाहादुर पौडेल क्षेत्री, अस्मिता डल्लाकोटि, हास्य कलाकार पुरुषोत्तम भन्डारी(पुर्खे बा) तथा स्थानिय कलाकारहरको प्रस्तुती रहेको थियो भने सहभागीहरुलाई चिट्ठा प्रणालीद्वारा पुरस्कर समेत प्रदान गरिएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप