सहकारीको विकास र प्रवर्धनका लागि छुट्टै बजेट व्यवस्थापन हुन्छ : रोल्पा नगरप्रमुख
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको विकास र प्रवर्धनका लागि छुट्टै बजेट व्यवस्थापन हुन्छ : रोल्पा नगरप्रमुख

रोल्पा । रोल्पाको लिवाङमा बचत तथा ऋण सहकारी संस्थाहरुका लागि सञ्चालन तथा जोखिम ब्यवस्थापन तालिम सञ्चालन भएको छ । बचत तथा ऋण सहकारी संस्थाहरुलाई सहकारी सञ्चालनका लागि ध्यानदिनुपर्ने कुराहरुको बारेमा जानकारी गराउनुका साथै कानुनी जोखिम ब्यवस्थापन सम्वन्धी बिषयमा दक्ष बनाउने उद्देश्यले नेफ्कून फिल्ड कार्यालय दाङको आयोजनामा सञ्चालन तथा जोखिम ब्यवस्थापन तालिम सञ्चालन गरिएको हो । तालिममा जिल्ला भरिका बचत तथा ऋण सहकारीहरुबाट २७ जनाको सहभागिता रहेको छ । दुई दिवसीय तालिम वैशाख ७ र ८ गते सञ्चालन हुनेछ । 

रोल्ला जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का सचिव आकाश गिरीको अध्यक्षतामा विहिबार बिहान भएको तालिमको उद्घाटन सत्रमा रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र घर्ति थापाको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै प्रमुख अतिथी मेयर सुरेन्द्र घर्ति थापाले बर्तमान परिप्रेक्षमा सहकारी क्षेत्रमा ठुलो संकट आएको र यो संकटवाट बच्नका लागि यस्ता तालिम तथा शिक्षाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो । सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको तेश्रो खम्वाको रुपमा रहेको र यसले ठुलो मात्रामा रोजगारी श्रृजना गरेको चर्चा गर्नुभयो । नगरपालिका क्षेत्रभित्र सञ्चालित सहकारीहरुको बृद्धि, विकास तथा सम्बृद्धिका लागि आगामी दिनहरुमा पालिकाले छुटै बजेट व्यवस्थापन गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रोल्पा जिल्ला सहकारीको विकास तथा  प्रवर्धनको पाटोमा निक्कै पछाडि परेको छ, उहाँले भन्नुभयो, “सहकारी मार्फत समृद्धि ल्याउन नगरपालिका नेफ्स्कूनसँग सहकार्य गर्न तयार छ ।”  
कार्यक्रममा अध्यक्ष आकाश गिरीले जिल्ला भरीका सहकारी अभियनलाई अगाडि बढाउनका लागि यस्ता तालिम तथा शिक्षाका कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने हँुदा रोल्पाको सहकारी अभियानको तर्फवाट नेफ्स्कूनलाई धन्यवाद ब्यक्त गर्नुभयो । तालिम तथा शिक्षाले सहकारीमा कामगर्ने अभियानका ब्यक्तिहरुमा उत्प्रेरणा प्रदान गर्ने भएकोले यस्ता कार्यक्रमको निरन्तरताका लागि अनुरोध गर्नुभयो ।  

कार्यक्रममा स्वागत मन्तब्य रोल्पा जिल्ला सहकारी संघका सञ्चालक तुल्सा आचार्यले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन तथा ब्यवस्थापन नेफ्स्कून फिल्ड कार्यालय ईन्चार्ज बिष्णु जोशीले गर्नुभएको थियो । तालिम प्रशिक्षण नेफ्स्कूनका तालिम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको छ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप