प्रदेश बचत संघ लुम्बिनीको आयोजनामा साकोसका व्यवस्थापन प्रमुखरुको गोष्ठी सञ्चालन, ६ बुँदे साझा प्रतिबद्धता जारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रदेश बचत संघ लुम्बिनीको आयोजनामा साकोसका व्यवस्थापन प्रमुखरुको गोष्ठी सञ्चालन, ६ बुँदे साझा प्रतिबद्धता जारी

बुटवल । प्रदेश बचत तथा ऋण सहकारी संघ लि. लुम्बिनी प्रदेश (प्रोस्कुन लुम्बिनी ) को आयोजनामा “साकोसको दिगो संस्थागत विकास सम्बन्धी ब्यवस्थापन प्रमुखहरुको कार्यशाला गोष्ठि” सम्पन्न भएको छ । बैशाख ६ र ७ गते बुटवलमा आयोजित गोष्ठिमा लुम्बिनी प्रदेशका ३६ जना ब्यवस्थापन प्रमुख र सहायक प्रमुखहरुको सहभागिता थियो ।

सहकारी संस्थाहरुको दिगो विकास र सुरक्षाका लागि संस्थाका ब्यवस्थापन प्रमुखहरुको भूमिका र साझा बुझाईका बारेमा नेफ्स्कूनका पूर्व प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले सहजीकरण गर्नु भएको थियो । प्रदेश भित्रका विभिन्न साकोसका ब्यवस्थापन समूहको सहभागितामा सञ्चालित कार्यक्रमको प्रारम्भ गर्दै प्रोस्कुन लुम्बिनीका अध्यक्ष कृष्ण प्रसाद नेपालले सहकारीका सञ्चालकहरु र ब्यवस्थापन समूहको काम र कर्तब्य स्पष्ट नपार्दा  र भएको विधि पालना नगर्दा सहकारीमा समस्या उत्पन्न हुने भएकाले साझा बुझाईका लागि यो गोष्ठि आयोजना गरिएको बताउनु भयो । तालिम संयोजक एवं शिक्षा तथा अनुसन्धान उपसमिति संयोजक भरतराज भूसालले निरन्तर तालिमहरुका माध्यमबाट सञ्चालक र ब्यवस्थापनमा निखार ल्याउदै साकोसलाई दिगो र सुरक्षित बनाउन नतिजामुखि तालिम र प्रशिक्षण आयोजना गरिएको बताउनु भयो । 

गोष्ठिको अन्तमा सहभागी ब्यवस्थापन प्रमुख तथा सहायक प्रमुखहरुले सहकारी क्षेत्रको विश्लेषण, जोखिम र सुपरिवेक्षण, लिडरसिफ्ट, सहकारी क्षेत्र दशक रणनीतिहरु, सहकारीमा मानवपूँजी ब्यवस्थापन र सदस्य सुरक्षा सिद्धान्तका बारेमा ६ बुदे साझा धारणा र प्रतिवद्धता ब्यक्त गरेका छन् । यस गोष्ठिले नयाँ विषय, संभावना र चुनौतिका क्षेत्रमा ब्यवस्थापनलाई सजग गराउन तथा यस क्षेत्रका विभिन्न सहकारीका ब्यवस्थापन समूहमा आपसि सहयोग र साझा विकासको भावना समेत विकास गरेको सहभागिहरुले ब्यक्त गरेका छन । जनउत्थान साकोसका ब्यवस्थापक रणबहादुर थापाले गोष्ठिले सहकारी ब्यवस्थापनलाई ध्यान दिनु पर्ने नयाँ क्षेत्रको बारेमा ध्यानाकर्षण गरेको बताउनु भएको थियो । गोष्ठिको समापन कार्यक्रममा नेफ्स्कून बुटवल फिल्ड कार्यालय प्रमुख छत्र प्रसाद धमलाले गोष्ठि महत्वपूर्ण भएको बताउनु भयो ।

त्यसै गरि प्रोस्कुन लुम्बिनीको आयोजनामा बैशाख ३ र ४ गते साकोसका अध्यक्ष तथा सञ्चालकहरुको लागि २ दिने क्षमता विकास तालिमको आयोजना भएको थियो । अध्यक्ष तथा सञ्चालकहरुको तालिममा  प्रदेश भित्रका ३४ जना अध्यक्ष तथा सञ्चालकहरुको सहभागिता रहेको तालिमको सहजीकरण प्रशिक्षक डा. शिवजी सापकोटाले गर्नुभएको थियो ।    

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

११ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

५ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

११ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप