मातातीर्थ औंशीका अवसरमा चण्डेश्वरी साकोसद्वारा जेष्ठ सदस्य सम्मान 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मातातीर्थ औंशीका अवसरमा चण्डेश्वरी साकोसद्वारा जेष्ठ सदस्य सम्मान 

बनेपा । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले मातातीर्थ औँशीको अवसरमा विहिबार संस्थामा आबद्ध ७५ बर्ष माथिका जेष्ठ महिला सेयर सदस्यहरुलाई सम्मान गरेको छ । बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा उपस्थित मध्ये सबैभन्दा जेष्ठ सदस्य वर्ष ९० का गणेशमाया पोटेलाई सम्मान गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । शाक्यले मातातीर्थ औँशीका अवसरमा सम्पूर्ण मातालाई सम्मान गरेकोमा धन्यबाद दिदैँ हामिले आमा बुबालाई कस्तो सम्मान गछौँ हाम्रा छोरा छोरीहरुले पनि त्यस्तै व्यवहार सिको गर्ने बताउनुभयो । 

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका महिला विकास उप समिति संयोजक रोशना राजबंशीले राख्नु भएको थियो । कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार विकास बादे तथा सल्लाहकार बालभक्त प्रधान, इन्द्र नारायण भैल, हेमन्तराज प्रधान लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमका सभापती तथा संस्थाको अध्यक्ष नबिन भक्त बादेले संस्थाको बार्षिक कार्य योजना अनुसार उक्त कार्यक्रम गरिएको बताउनु भयो । संस्थाले ६० बर्ष देखि ७५ बर्ष मुनिका जेष्ठ सदस्यहरुलाई तिर्थाटन भ्रमणमा लाने गरेको छ भने ७५ बर्ष माथिका जेष्ठ सदस्यहरुलाई मातातिर्थ औँसी र कुशे औशीको अवसरमा सम्मान गर्दै आएको छ । 

सम्मान कार्यक्रममा ७५ बर्ष माथिका ६० जना र अशत्त १० जनालाई घरमानै पुर्याएर जम्मा ७० जना बृद्ध आमाहरुलाई ब्लाङकेट, खाद्यान्न, सम्मानपत्रद्धारा सम्मान गरिएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत झलेन्द्र दाहालले संस्थाले सदस्य केन्द्रित भएर विभिन्न सेवाहरु प्रदान गर्दै आएको हुँदा सम्पूर्ण सेवाहरु स्मार्ट बैङक्ङि, ए.टि.एम. सेवा, योगदानमा आधारित राहत योजना, खुत्रुके लगायतमा सहभागी हुन आग्रह गर्नु भएको थियो । कार्यक्रम संस्थाको महिला विकास उप समितको संयोजकत्वमा सम्पन्न भएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप