प्यूठानका दुई साकोस कर्ब्स कार्यक्रममा आबद्ध 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्यूठानका दुई साकोस कर्ब्स कार्यक्रममा आबद्ध 

काठमाडौं । प्यूठानमा सञ्चालित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. र पुरन ठाँटी बचत तथा ऋण सहकारी संस्था लि. जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्समा आवद्ध भएका छन् । 

प्यूठान झिमरुक गाउँपालिका ५, मच्छीमा रहेको जनकल्याण साकोस र ऐरावती गाउँपालिका बरौलामा रहेको पुरन ठाँटी साकोस एकैदिन कर्ब्स कार्यक्रममा आवद्ध भएका हुन् । 

वैशाख ९ गते जनकल्याण साकोसको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच साकोसका अध्यक्ष खड्का बहादुर के.सी., सहसचिव लिलाधर न्यौपाने, व्यवस्थापक कृण्ण बहादुर जि.सी. र नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत कोमलराज अधिकारी र दाङ फिल्ड कार्यालय इन्चार्ज विष्णु जोसीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । १ हजार १ सय सदस्य रहेको जनकल्याण साकोसको कुल वासलात ७ करोड ५० लाख रहेको छ । 

त्यसैगरी सोही दिन प्यूठानको ऐरावती गाउँपालिका करौलामा रहेको पुरन ठाँटी साकोस पनि जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्समा आबद्ध भएको हो । साकोसको कार्यालयमा आयोजित कार्यक्रममा उपस्थित साकोसका अध्यक्ष प्रेम प्रसाद आचार्य, सचिव कमला ज्ञवाली, व्यवस्थापक गोविन्द बहादुर जि.सी.र नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत  कोमलराज अधिकारी र फिल्ड कार्यालय इन्चार्ज विष्णु जोशीले कर्ब्स सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । एक हजार एक सय सदस्य रहेको पुरन ठाँटी साकोसको ६ करोड ५० लाख वासलात रहेको छ ।  

सहकारी क्षेत्रमा देखिएको तरलता समस्या साथै अस्वस्थ वित्तीय संरचनाका कारण सञ्चालन जोखिम बढ्दै गएपछि धेरै सहकारीहरु संस्थागत सुधार तथा वित्तीय सूचकांकको सबलताप्रति सचेत देखिएका छन् । संस्थामा सञ्चालन जोखिमका बाबजुत पनि गुणस्तर सुधारको पक्षमा साकोसहरुको जोडबल रहेको छ भने सदस्य केन्द्रीत सेवा प्रवाहलाई प्राथमिकता दिएका छन् । 

कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो, जुन नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत पनि सञ्चालित छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप