नेफ्स्कूनसँगको सहकार्यमा प्यूठानका सहकारीहरुको सक्षमता विकास गरिनेः नगर प्रमुख योगी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनसँगको सहकार्यमा प्यूठानका सहकारीहरुको सक्षमता विकास गरिनेः नगर प्रमुख योगी

प्यूठान । प्यूठानको सिदार्थ सामुदायिक साकोस र सहारा महिला बहुउद्देश्यीय सहकारी संस्था लि.को सञ्चालकहरुको क्षमता विकास आधारभुत तालिम सञ्चालन भएको छ । नेफ्स्कूनको प्राविधिक सहयोग र तालिममा सहभागी दुई साकोसको संयुक्त आयोजना रहेको तालिम प्यूठानको क्वाडीमा वैशाख १० र ११ गते सञ्चालन भएको हो । तालिममा दुवै साकोसका सञ्चालक समिति, लेखा समिति, उपसमिति र कर्मचारीहरु गरी ३२ जनाको सहभागिता रहेको थियो ।

तालिमको उद्घाटन प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले गर्नुभएको थियो । उहाँले ज्ञानवान र क्षमतावान सञ्चालकले मात्र संस्थाको उद्देश्य प्राप्ती गर्न सक्ने भन्दै समुदायमा सहकारीको छवि निर्माण गर्न सञ्चालकहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । पैसा अर्थात बचतको कारोवार गर्ने संस्थाहरु सँधै उच्च जोखिममा हुनेहुँदा जोखिमको पहिचान गरी जोखिम न्यूनिकरणका उपायहरुको खोजी गर्दै संस्था सञ्चालन गर्नुपर्नेमा नगरप्रमुख योगीले जोडदिनुभयो । 

संस्थाहरु सहकारीको अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धन्त अनुरुप चल्नु पर्दछ, स्वस्थ प्रतिष्पर्धाका लागि प्रविधिमैत्री संस्था सञ्चालनमा पनि ध्यान दिनुपर्ने उहाँको भनाई थियो । दीगो र सबल सहकारी निर्माणका लागि एकताबद्ध र पारदर्शि हुनु अनिवार्य छ,  उहाँले भन्नुभयो । २०८०।०८१ को बार्षिक कार्यक्रम तथा बजेटमा व्यवस्था गरेर सबै प्रकृतिका सहकारीहरुको सक्षमता विकासका लागि नगपालिकाले नेफ्स्कूनसँग सहकार्य गरी आधारशिला कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

तालिमको उद्घाटन सत्र र समापन सत्रमा क्रमशः सहारा महिला वहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष नारायणी पोख्रेल र सिद्धार्थ सामुदायिक साकोसका अध्यक्ष मुक्ति पोख्रेलको अध्यक्षता रहेको थियो । दुई दिवसीय तालिमको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो । 

सिदार्थ सामुदायिक साकोसका अध्यक्ष मुक्ति पोख्रेलले तालिम उपलब्धीमुलक भएको र यसलाई संस्थामा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सदस्यहरुको सम्पूर्ण वित्तीय आवश्यकता पुरा गर्न सक्ने गरि संस्थागत विकासलाई जोड दिन सहकारी एकीकरणको आवश्यकता बारे चर्चा गर्नुभयो ।  

सहारा महिला बहुउद्देश्यीय सहकारी संस्था लि.की अध्यक्ष नारायणी पोख्रेलले तालिम बाट प्राप्त ज्ञान सीपले संस्थागत विकासका सहयोग पुग्ने विचार व्यक्त गनुृभयो । तालिममा प्यूठान नगरपालिका–२ नं. वडाका वडा अध्यक्षको समेत सहभागिता रहेको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप