सहकारी दिगोपनका लागि वित्तीय व्यवस्थापन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी दिगोपनका लागि वित्तीय व्यवस्थापन 

दिगोपना भनेको टिकीरहने वा जस्तोसुकै परिस्थितिमा पनि गतिशिल भइरहने हो । जस्तो सुकै संकटमा पनि एकनासले चलि रहने हो वा  वित्तीय स्थिरता कायम रहने हो । एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै निरन्तर चलिरहने प्रक्रिया दिगोपना हो । अहिले कतिपय सहकारीहरु वित्तीय संकटको ठूलो मारमा परेका छन् । यसको मूल कारण सुशासन तथा स्वनियमनको अभाव, स्व नियन्त्रण र स्व व्यवस्थापनको ज्ञानको अभाव देखिएको छ । 

१.आर्थिकमन्दी र संभावित असर 

कोराना भाईरसको संक्रमण  र बन्दाबन्दीका  कारण संसार ठप्प प्राय हुनु  

व्यापार व्यावसाय, अन्तर्राष्ट्रिय व्यापार बन्दका कारण आपूर्ति श्रृङखलामा अवरोध पुग्नु 

ठूला व्यापारीक कम्पनीहरु बन्द प्राय हुनु 

बिश्व आपूर्ति पक्ष कमजोर हुनु,

बेरोजगारी बढ्नु

उत्पादनका कमी र उपभोगमा गिरावट भई बिश्व आर्थिकमन्दी तिर उन्मुख हुनु ।

जब कुनैपनि देशको अर्थव्यवस्थामा रोकावट  हुन्छ र अर्थव्यवस्थाको विकासदर (न्म्ए) मा लगातार गिरावट हुन्छ । जब मानिसको क्रयशक्ति कमजोर भई बस्तुको मागमा कमी  हुन्छ । जब बस्तुको मागमा कमी हुन्छ र  बिक्रिमा  गिरावट हुन्छ तब बस्तु तथा सेवाको उत्पादनमा कमी हुन्छ । जब बस्तु तथा सेवाको उत्पादनमा कमी हुन्छ र श्रम कटौती हुन्छ तब बेरोजगारीे बृद्धि हुन्छ । यो अवस्था आर्थिक मन्दी हो ।  अर्थात व्यापार, रोजगार र उपभोगको स्तरमा आउने सुस्तता नै आर्थिक मन्दी हो ।

 आर्थिकमन्दी र सम्भावित मुख्य वित्तीय संकटहरु 

१) नोट तथा टकको संकट
२) बचतमा संकट
३) विप्रेषणमा संकट
४) ऋणमा संकट 
५) मुद्रास्फिति दरमा बृद्धि
६) तरलता संकट
७) लगानी योग्य कोषमा संकट

आर्थिक मन्दीले सहकारीमा पारेको  प्रभाव 

१. शेयर पूँजी बृद्धि दरमा कमी 
२. सदस्यको बचत क्षमतामा कमी 
३. बचत प्राप्तीमा कमी 
४.बचत फिर्तामा बृद्धि
५.ऋणलगानी अनुपातमा बृद्धि
६.शुद्ध ऋण लगानीमा कमी  
७.ऋण असुली दरमा कमी 
८.भाखा नाघेको ऋणमा बृद्धि
९.संस्थाको फिर्ता गर्न सक्ने क्षमता ह्रास
१०.तरलतामा कमी   
११.लगानी योग्य कोषको अभाव
१२.लगानी गर्ने क्षमतामा कमी । 
१३. बिप्रेषणमा कमी 
१४.आम्दानी दरमा गिरावट
१५.सञ्चालन खर्चमा बृद्धि
१६.बचतको ब्याजदरमा बृद्धि 
१७.फरकता दरमा कमी 
१८. मुनाफा दरमा कमी 
१९. कुल सम्पति बृद्धिदरमा कमी 

 आर्थिकमन्दी र  तरलतामा प्रभाव 

– तरलता भनेको त्यो सम्पत्ती हो जो नगदमा परिवर्तन गर्ने क्षमता हो ।
– वित्तीय लगानी, ऋण लगानी, स्थिर सम्पत्ति र सञ्चालन खर्च गरी बाँकी रहेको त्यो रकम जुन वचत फिर्ताकालागि तयारी अवस्थामा राखिन्छ त्यो तरलता हो । 
– सजिलै नगदमा परिवर्तन गर्न सकिने त्यस्तो सम्पत्ति जुन वचत फिर्ताको लागि सवै भन्दा बढि महत्व राख्दछ । 
– वित्तीय लगानी, ऋण लगानी र स्थिर सम्पत्तिमा संस्थाको नियन्त्रण हुन सकेता पनि वचत फिर्तामा संस्थाको नियन्त्रण हुन नसक्ने भएकोले तरलताको व्यवस्था । 

आर्थिकमन्दीमा वित्तीय व्यवस्थापनका रणनीतिहरु 

१.वित्तीय व्यवस्थापन 

   “वित्तीय व्यवस्थापन भन्नाले वित्तीय कारोबार गर्ने संघ, संगठनले आफ्ना वित्तीय श्रोतहरुको सहि परिचालन गर्न आफ्नो नियन्त्रण मार्फत कार्य सम्पादन गरी अपेक्षित नतिजा हासिल गर्ने गराउने कला हो ।” 

२.वित्तीय स्थायित्व 

“वित्तीय स्थायित्व वित्तीय सन्तुलनको अवस्था हो । संस्थामा वित्तीय स्थिति सन्तुलित वा असन्तुलित के छ त्यसको स्थिति थाहापाई वित्तीय दिगोपना तिर अगाडि बढ्नु आवश्यक छ । संस्थालाई आर्थिकमन्दी तथा अन्य परिस्थितिबाट हुने वित्तीय जोखिमबाट जोगाउंदैं वित्तीय दिगोपना कायम गर्नु आजको आवश्यकता हो । “वित्तीय व्यवस्थापनको ज्ञान तथा सीपको अभावमा नचाहँदा नचाहँदै पनि संघ/संस्थाहरु धरासायी बन्न सक्छन् । पुँजीको परिमाणको आधारमा प्रतिफल कमजोर हुनजान्छ ।”सही वित्तीय व्यवस्थापन भएमा मात्र त्यसले सही उपलब्धी हाँसिल गर्न मद्धत पुर्याउँछ र संस्था स्थिरता तिर अगाडि बढ्छ ।

३.वासलात व्यवस्थापन  

कुनै पनि व्यवसायिक संंगठनको एक निश्चित अवधिको वित्तीय स्थिति, अवस्था वा वित्तीय संरचना वासलात हो । यसलाई “स्थिति विवरण पत्र” पनि भनिन्छ । वासलातका दुई पक्ष हुन्छन ।

क. पुँजी तथा दायित्व 

ख. सम्पत्ति 

पुँजी तथा दायित्व भनेको संघ संस्थाका वित्तीय श्रोतहरु हुन । सम्पत्ती भनेको श्रोतहरुको प्रयोग अथवा उपयोग हो । वित्तीय श्रोतहरुको सहि प्रयोग तथा उपयोगले मात्र  संस्था स्थिरता तिर अगाडि बढ्छ  । 

पुँजी तथा दायित्व र सम्पत्तीको सम्बन्धमा पर्ल्सको लक्ष्य बमोजिम वित्तीय  सूचकांक प्राप्तीमा अग्रसर भई वित्तीय संरचना निर्माण गर्न सक्नु पर्छ । 

४.दायित्व र सम्पत्तिको सम्बन्ध र व्यवस्थापनः 

१. शेयर पुँजी(१०–२०%)         तरल लगानी(१०–२०%) 
२. संस्थागतपुँजी(कम्तिमा(१०%)    नकमाउने सम्पत्ति (५%) 
४.वचत,निक्षेप (७०–८०%)      ऋण लगानी(७०–८०%)
  वाह्य ऋण (५%)          शुद्ध ऋण लगानी(७०–८०%) 
५.लागत सहित कोष(८५%)        कमाउने सम्पत्ती (९५%)
६.लागत रहित कोष(१५ %)        नकमाउने सम्पत्ति(५%) 

दायित्व र सम्पत्तिको सम्बन्ध

१.शेयर पुँजी (१२%)                 तरल लगानी(१२%) 
२.संस्थागतपुँजी(कम्तिमा१०%)        नकमाउने सम्पत्ति(५%) 
३.वचत,निक्षेप (७५%)              ऋण लगानी (८०%)
    वाह्य ऋण (५%)               शुद्ध ऋण लगानी(७५%)
४.लागत सहित कोष(८५%)          कमाउने सम्पत्ती(९५%)
५.लागत रहित कोष (१५%)         नकमाउने सम्पत्ति(५%) 
नकमाउने सम्पत्तीको अनुपातमा लागतरहित कोष २००% 

५.. कुल सम्पत्तिमा दिर्घकालिन दायित्व र चालु दायित्व  व्यवस्थापनः 

क)  कुल सम्पत्तिमा दिर्घकालिन दायित्वः 
(चालु आ.व  पछाडी फिर्ता गर्नु पर्ने दायित्व)  

 दिर्घकालिन दायित्व 

 शेयर पुँजी,  
 संस्थागत पुँजी, 
 नियमित बचत 
१२ महिना भन्दा बढी समयमा फिर्ता हुने आवधिक तथा अन्य बचत 
१२ महिना पछि बुझाउने बाह्य ऋण 
  दिर्घकालिन दायित्व कुल सम्पत्तीको  ६० प्रतिशत भन्दा बढि

 ख) कुल सम्पत्तिमा चालु दायित्वः 
(चालु आ.व भित्र  फिर्ता गर्नु पर्ने दायित्व)  

 चालु दायित्व अन्तर्गत

 खर्च हुने कोषहरु  
 ऐच्छिक तथा अन्य बचत 
 १२ महिनाभित्र फिर्ता हुने आवधिक  बचत 
 अल्पकालिन बाह्य ऋण –चालु आ.व.मा फिर्ता गर्नुपर्ने 
 चालु दायित्व 
 अन्य दायित्व /भुक्तानी दिनुपर्ने 
  चालु दायित्व कुल सम्पत्तीको ४० प्रतिशत भन्दा कम 

६. कुल सम्पत्तिमा दिर्घकालिन सम्पत्ती व्यवस्थापनः 

क) कुल सम्पत्तिमा दिर्घकालिन सम्पत्ती 
(चालु आ.व पछि प्राप्त गरीने सम्पत्ती)  

  दिर्घकालिन सम्पत्ती अन्तर्गत
 १२ महिना भन्दा बढि समयमा असुल हुने ऋण 
 १२ महिना भन्दा बढि समयमा फिर्ता हुने वित्तीय लगानी 
१२ महिना भन्दा बढि समयमा फिर्ता हुने मुद्धति

सम्पत्ति तथा अन्य सम्पत्ति 

 कुल सम्पत्तिको अनुपातमा दिर्घकालिन सम्पत्ती ६० प्रतिशत भन्दा कम 
 चालु सम्पत्तीको  व्यवस्थापनः 

ख) कुल सम्पत्तिमा चालु सम्पत्ती 
(चालु आ.व भित्र प्राप्त गरीने सम्पत्ती)  

  चालु  सम्पत्ती अन्तर्गत

क. तरल लगानी 
  बैंक बचत, निक्षेप, कल डिपोजिट खाता, संघहरुको ऐच्छिक बचत अल्पकालिन मुद्धति – (चालु आ.व भित्र फिर्ताहुने)
ख.  नगद वा सो सरह 
ग.  चालु आ.व भित्र असुल हुने ऋण किस्ता रकम 
घ. अन्य चालू सम्पत्ति / पाउनु पर्ने हिसाब 
कुल सम्पत्तिको अनुपातमा चालु सम्पत्ती ४० प्रतिशत भन्दा बढि 

७.चालु दायित्व र चालु सम्पत्तीको व्यवस्थापनः 

चालु अनुपात चालु  दायित्वको अनुपातमा चालु  सम्पत्ती  १ः१ प्रतिशत भन्दाबढि  हुनुपर्दछ  ।   
 फिर्ता गर्नुपर्ने रकम भन्दा प्राप्त गर्नु पर्ने रकम बढि भएमा तरलताको अभाव रहदैन ।
 प्राप्त गर्नु पर्ने रकममा रोकावट आएमा तरलतामा समस्या आउँछ ।
 
८. वित्तीय व्यवस्थापनका रणनीतिहरु 

८.१) शेयर तथा बचत

क) सानो परिमाणका शेयरपूँजी थप गर्न सदस्यहरुलाई आग्रह गरी सदस्यको अनुपातमा शेयर पूँजीमा सदस्य सहभागितास्तर अनुपात बराबर कम्तिमा ५०%सदस्यको संलग्नता गराउने  । 

ख) प्रत्येक सदस्यहरुलाई नियमित बचतको दायरामा ल्याउने ।

ग) एक वर्ष भन्दा बढिका आवधिक बचत स्वीकार गर्ने । 

घ) शेयर पूँजी, संस्थागत पूँजी, नियमित बचत र एकवर्ष भन्दा बढीका आवधिक बचत दिर्घकालिन दायित्वको रुपमा कुल सम्पतिको ६० प्रतिशत कायम गर्ने ।

ङ) कुल सम्पतिको कम्तीमा २५% अथवा कुल बचतको ३५% नियमित बचत पुर्याउने ।

च) नयाँ प्रकृतिका बचतका बस्तु तथा सेवा स्कीम सहित विकास गर्ने । 

८.२) तरलता 

क) कुल सम्पतिको १५ % वा कुल बचतको २५ % तरलता कायम गरी राख्ने ।
ख) विभिन्न बैंकमा रहेको तरलता रकममा सन्तुलन कायम गर्ने ।
ग) माग र पुर्तिको अवस्था पहिचान गर्न दैनिकरुपमा नगद 
  प्रवाह विश्लेषण गर्ने ।
घ) दैनिक रुपमा तरलता विश्लेषण गरी पूर्व तयारीमा वस्ने ।

८.३).नगदमा नियन्त्रण

क) बचत फिर्ताको समय सीमा अनुपात तोक्ने । 
ख) कुल सम्पतिको ७८ % भन्दा बढी ऋण लगानी नगर्ने ।
ग) एक सदस्यलाई संस्थाको लगानी गर्ने क्षमताका आधारमा प्राथमिक पूँजी कोषको ५% भन्दा कम लगानी गर्ने । 
घ) यस अवधिमा पूर्वाधार निर्माण तथा भौतिक सम्पति खरीद गर्ने कुरालाई स्थगित गर्ने ।
ङ) ह्रास खर्च बराबर मात्र सम्पत्ती सामान खरिद गर्ने ।
च) नियमित र आन्तरिक कार्यक्रमहरु घटाउने वा कम  राख्ने। 
छ) सञ्चालन खर्चमा नियन्त्रण गर्ने ।
 — कर्मचारी भर्ना प्रकृया अत्यावश्यक बाहेक स्थगित गर्ने ।
 — कार्यक्रमिक खर्चहरु घटाउने ।
 — बजार तथा सुशासन खर्चमा नियन्त्रण गर्ने
ज) हरेक क्रियाकलापमा मितव्ययिता अपनाउने । 

८.४) ऋण लगानी, ब्याज तथा ब्याज दर 

क) शिघ्र उत्पादन, व्यापार व्यवसाय तथा कृषि क्षेत्रको लगानीलाई प्राथमिकता दिने । 
ख) ऋणका किस्ता तालिकामा पुनरावलोकन गर्ने ।
ग) ऋण असुलीका लागि सदस्यहरुसँग निरन्तर सम्पर्क र समन्वय गर्ने
घ) ब्याज तथा ब्याज दर र हर्जना मिनाहा जस्ता लाभका कार्यक्रमहरु तय गर्ने
ङ) पुराना भाखा नाधेका ऋण असुलीको लागि विशेष योजना ल्याउने 
च)  बचतको ब्याजदर बढाउने ।
छ) फरकता दरमा न्यून अन्तर कायम गर्ने ।
ज) ऋणको ब्याजदर सकेसम्म घटाउने नभएमा यथावत कायम गर्ने ।

८.५) योजना तथा अन्य व्यवस्थापन 

क) आर्थिक मन्दीको प्रभावलाई ध्यान दिंदै बार्षिक योजना तथा बजेटमा पुनरावलोकन गर्ने ।
ख) सदस्यता बृद्धिलाई ध्यान दिने तर सदस्य बनेको ६ महिना पछि मात्र ऋण लगानी गर्ने ।
ग) ऋणी  तथा ऋणको विमा कार्यक्रमहरु सञ्चालन गर्ने ।
घ) संस्था एकीकरणमा जोड दिने । 

९) वित्तीय संकट व्यवस्थापन योजना निर्माण गर्ने

वित्तीय संकट व्यवस्थापन योजना त्यो प्रक्रिया हो जसद्वारा कुनै पनि संघ संस्थाको अप्रत्यासित घटनाक्रममा सृजित समस्याको न्यूनिकरण र निराकरण जसले संघ, संस्था तथा त्यसका सदस्यहरुलाई नोक्सान पुर्याउँदछ । वित्तीय संकट व्यवस्थापन योजना त्यो प्रक्रिया हो जसद्वारा गम्भीर परिस्थितिको पहिचान गर्ने, आकलन गर्ने, महसुस गर्ने र जुध्नको लागि कौशल सीप र प्रविधिको माध्यमबाट व्यवस्थापन गर्ने   । 

आपतकालिन व्यवस्थापन नीतिगत प्रक्रिया होइन यो एक रणनीतिक प्रक्रिया हो ।
 

भर्खरै
चितवन स्थित मनकामना साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित मनकामना साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

ऋण असुली कार्यविधि निर्माणमा सहकारीको चासो
ऋण असुली कार्यविधि निर्माणमा सहकारीको चासो

२ दिन अगाडि

नेफ्स्कूनद्वारा धादिङमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न
नेफ्स्कूनद्वारा धादिङमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न

२ दिन अगाडि

सहकारी सुशासन र कानुनी परिपालनामा जोड दिदै निजगढमा अनुशिक्षण कार्यक्रम
सहकारी सुशासन र कानुनी परिपालनामा जोड दिदै निजगढमा अनुशिक्षण कार्यक्रम

२ दिन अगाडि

पाल्पा रामपुर स्थित अन्धकारमुक्ति साकोस स्क्यान कार्यक्रममा आबद्ध
पाल्पा रामपुर स्थित अन्धकारमुक्ति साकोस स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

प्रगतिपथ साकोस स्क्यान कार्यक्रममा आबद्ध
प्रगतिपथ साकोस स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

सहकारी ऐन २०७४ संशोधन गर्न जारी अध्यादेशबारे छलफल : संशोधनका क्षेत्र तय गरी सुझाव संकलन गर्न साकोस अभियानको कार्यदल सक्रिय
सहकारी ऐन २०७४ संशोधन गर्न जारी अध्यादेशबारे छलफल : संशोधनका क्षेत्र तय गरी सुझाव संकलन गर्न साकोस अ...

२ दिन अगाडि

चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

लोकप्रिय
आयाम साकोस चन्द्रागिरीको स्क्यान तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न
आयाम साकोस चन्द्रागिरीको स्क्यान तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

प्रभातकालीन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
प्रभातकालीन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१२ दिन अगाडि

पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

सिटिइभिटी पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याच सुरु
सिटिइभिटी पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याच सुरु

७ दिन अगाडि

सञ्चालकहरुको एक दिवसीय क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको एक दिवसीय क्षमता विकास तालिम सम्पन्न

७ दिन अगाडि

हाँडीगाँउ स्थित जय अजिमा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम सम्झौता सम्पन्न
हाँडीगाँउ स्थित जय अजिमा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम सम्झौता सम्पन्न

३ दिन अगाडि

चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

दोलखाको जनमुखी साकोसमा व्यवसाय विकास सेवा कार्यक्रम अभिमुखिकरण 
दोलखाको जनमुखी साकोसमा व्यवसाय विकास सेवा कार्यक्रम अभिमुखिकरण 

२३ दिन अगाडि

पाठकबाट थप