भक्तपुरमा सहकारी संस्थामा व्यवस्थापकको भूमिका विषयक कार्यक्रम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुरमा सहकारी संस्थामा व्यवस्थापकको भूमिका विषयक कार्यक्रम सञ्चालन

भक्तपुर । भक्तपुरमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुका लागि सहकारी सञ्चालनमा व्यवस्थापकको भूमिका विषयक कार्यक्रम सञ्चालन भएको छ । नेफ्स्कूनको प्राविधिक सहजीकरण रहेको एक दिवसीय कार्यक्रम आयोजना मध्यपूर थिमि म्यानेजर्स क्लबले गरेको थियो । सहकारी सञ्चालनका क्रममा सञ्चालक र ब्यवस्थापकको भुमिका थाहा नपाएर संस्थाहरूमा समय समयमा आउने गरेको समस्याको समाधान तथा निराकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ । 

कार्यक्रम सहजीकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एव्म शिक्षा तथा स्रोत केन्द्रका प्राचार्य सञ्जयराज तिमिल्सीनाले गर्नुभएको थियो । उहाँले सहकारीका ब्यवस्थापकहरूलाई हिलोमा फुल्ने कमलको फुलसँग तुलना गर्दै संस्थाभित्रको समस्या र चुनौतीलाई समाधान गर्न ब्यवस्थापकहरूको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । सञ्चालक र शेयर सदस्यहरू बीच पुलको माध्यम पनि ब्यवस्थापक नै भएको भन्दै प्रशिक्षक तिमिल्सीनाले सञ्चालकले नीति, नियम निर्माण र निर्णय गर्ने तर त्यसको कार्यान्वयन ब्यवस्थापकले गर्ने बताउनुभयो । उहाँले संस्थाका ब्यवस्थापक बौद्विक पात्र भएको भन्दै मुलुकमा अहिले भईरहेको सहकारी समस्यालाई सहि दिशामा समाधान गर्न र चुनौतीलाई छलाङ मार्न ब्यवस्थापक सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । प्रशिक्षक तिमिल्सिनाले ब्यवस्थापकको काम, कर्तव्य भूमिकाको बारेमा समेत प्रकाश पार्नु भएको थियो ।

सो अवसरमा आयोजक क्लवका अध्यक्ष कपिल घजुले मुलुकभर धेरै जसो सहकारी संस्थाहरूमा सञ्चालकहरूले ब्यवस्थापकको महत्वपूर्ण भुमिका बारेमा थाहा नहुने गरेकोले सहकारीमा समय समयमा समस्या आउने गरेको भन्दै त्यसलाई निराकरण गर्न कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

कार्यक्रममा बालकुमारी साकोस, उपकार साकोस, स्वनिगः साकोस, कोपिला साकोस, थिमि स्वावलम्बन साकोस, बाबा साकोस, मध्यपुर थिमि साकोस, शुभदिब्यश्वरी साकोस, दर्पण साकोस, सजिलो साकोस, सिद्धार्थ साकोस, श्रमिक शक्ति साकोस, बिश्ववास साकोस, आदर्श साकोस, ल्यायम्ह साकोस, चामुण्डा साकोस, शिक्षाविकास साकोस, सिद्धिकाली साकोस, द्रब्य साकोस, माछापुच्छ्रे साकोस, झरना साकोस, जनकल्याण साकोस, अष्टमंगल साकोस, सारथि साकोस, ओस्ला साकोस, शंखधर साकोसलगायत २६ वटा सहकारीका ब्यवस्थापकहरूको सहभागिता रहेको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप