नियम, कानुन र पद्धति मानेर वैज्ञानिक ढंगले सञ्चालित सहकारीमा समस्या छैन : नगरप्रमुख न्यौपाने 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नियम, कानुन र पद्धति मानेर वैज्ञानिक ढंगले सञ्चालित सहकारीमा समस्या छैन : नगरप्रमुख न्यौपाने 

सुर्यविनायक । अमरज्योति बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरले विस्तारित मञ्च कार्यक्रम मार्फत सदस्यहरुसँग बृहत अन्तरक्रिया गरेको छ । वैशाख ९ गते आयोजित कार्यक्रममा साकोसका करिब १ हजार सदस्यहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथ सूर्यविनायक नगरपालिका वडा नं. ४ का अध्यक्ष लक्षुराम न्यौपानेले सूर्यविनायक नगरपालिका क्षेत्रमा अमरज्योति सहकारीको छुट्टै पहिचान रहेको बताउनुभयो । आफू पनि अमरज्योतिको सदस्य रहेको हुनाले संस्थाको विषयमा नजिकबाट आफू जानकार भएको बताउँदै नियम कानुन र पद्धति मानेर वैज्ञानिक ढंगले सञ्चालन भएका सहकारीमा अहिले पनि कुनै समस्या नरहेको बताउनुभयो । विश्वव्यापी महामारी तथा मन्दीको कारणले समग्र आर्थिक गतिविधिलाई असर पारिरहेको अवस्थामा नियम कानुनविपरीत चलिरहेका सहकारीहरुले सदस्यको बचत फिर्ता गर्न नसक्दा नेपालका सबै सहकारी यस्तै हुन् भन्ने भ्रम फैलाइएको अवस्थामा अमरज्योतिजस्तो सदस्यकेन्द्रित र नियमसम्मत चलेका संस्थाहरुले यस्ता अफवाहलाई गलत साबित गरिदिएको चर्चा गर्नुभयो ।

प्रमुख अतिथि न्यौपानेले सूर्यविनायक नगरपालिकाभित्रका सहकारीहरुको अनुगमन गर्ने संयन्त्र बनिसकेको हुनाले छिटै अनुगमनको काम थालिने पनि बताउनुभयो ।

नेफ्स्कून भक्तपुर फिल्ड कार्यालयका इन्चार्ज पेशलकुमार खड्काले अमरज्योति सहकारी विगत ४ वर्षदेखि प्रोबेशन कार्यक्रममा समेत सहभागी भएको र नीति, विधि र प्रविधि पूर्णरुपमा पालना गर्दै सञ्चालनमा रहेको हुनाले बचत गर्नेले ढुक्क भएर बचत गर्ने र ऋण चाहिनेले सहुलियत रुपमा ऋण लिने वातावरण अमरज्योतिमा रहेको बताउनुभयो ।

आन्तरिक सुशासन र संस्था सञ्चालन पद्धति राम्रो हुनुपर्छ : अध्यक्ष न्यौपाने

संस्थाका अध्यक्ष दामोदर न्यौपानेले अमरज्योतिको आफ्नो नाममा साढे सात आना जग्गा रहेको बताउँदै सदस्यको शेयर र बचतको रकमबाट उक्त जग्गामा भवन निर्माण नगर्ने जानकारी दिनुभयो । संस्थामा अहिले रु. १ करोड ६१ लाख जगेडा कोषमा रहेको र चालू चारवर्षीय योजनाको अन्तिममा जगेडा कोषमा करिब रु. ४ करोड पुगेपछि जगेडा कोषको रकमबाट संस्थाको भवन निर्माण गर्ने बताउनुभयो । सदस्यको रकमबाट घरजग्गा खरिद गरी आफ्नो संस्था दिगो र भरपर्दाे साबित गर्न खोज्ने सहकारीहरु अहिले धरासायी भइरहेको भन्दै अध्यक्ष न्यौपानेले संस्था दिगो र भरपर्दाे हुनका लागि घरजग्गा नचाहिने तर आन्तरिक सुशासन र संस्था सञ्चालन पद्धति राम्रो हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागीलाई संस्थाका उपाध्यक्ष कल्याणचन्द्र भट्टराईले स्वागत गर्नुभएको थियो । स्वागत मन्तव्य राख्दै उपाध्यक्ष भट्टराईले अमरज्योति सहकारी नीति, विधि र प्रविधिमा रही सञ्चालनमा रहेको हुनाले अहिलेको आर्थिक मन्दी र बजारमा आएको समस्याले कुनै अप्ठ्यारोमा नपारेको बताउनुभयो ।

विस्तारित मञ्च कार्यक्रममा संस्थाको चालू आ.व. को प्रगति समीक्षा, चार वर्षीय रणनीतिक योजना र चालू आ.व. को बजेट संशोधनको विषयमा छलफल गरिएको थियो । संस्थाका कोषाध्यक्ष प्रेमप्रसाद पौडेलले  चालू आ.व. को प्रगति विवरण, चार वर्षीय रणनीतिक योजनाको विवरण र चालू आ.व. को बजेट संशोधनको विषय प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत विषयमाथि विभिन्न सदस्यहरुले आ–आफ्नो धारणा राख्दै संस्थाको प्रगति विवरण, चार वर्षीय योजना तथा बजेट संशोधनको विषय सान्दर्भिक र उपयुक्त रहेको हुनाले सही ढंगले कार्यान्वयन गरी संस्था सञ्चालन गर्न सुझाव दिनुभएको थियो ।

विस्तारित मञ्च कार्यक्रमका अवसरमा संस्थाले आयोजना गरेको सूर्यविनायक नगरपालिकाका विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

विस्तारित मञ्च कार्यक्रमको सञ्चालन संस्थाका सचिव ज्ञानप्रसाद भट्टराईले गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप