‘सहकारीलाई जोगाउने पहिलो जिम्मेवारी सदस्यकाे’  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सहकारीलाई जोगाउने पहिलो जिम्मेवारी सदस्यकाे’  

सीमित सहकारीको वदमासीका कारण समग्र सहकारी अभियानमा बाछिटा परेको छ । सबै सहकारीमा समस्या होइन, तुलनात्मक रुपमा काठमाडौंभित्र समस्याहरु केही बढी देखिएका अवश्य छन् । केही संस्थामा तरलताको चाप पनि बढेको छ । तर हामीले ती संस्थाका जिम्मेवार व्यक्ति, व्यवस्थापकसँग बसेर छलफल गरिसकेपछि उहाँहरुले आफ्ना योजनाहरुमा सुधार गर्नुभएको छ, सदस्यहरुसँग सम्बन्ध विकास गर्नुभएको छ । सदस्यहरुको विश्वास आर्जन गर्नुभएको छ, सदस्यहरुले पनि धैर्यता बढाउनुभएको छ । संस्था सञ्चालनमा सहजता आएको छ । तर कतिपय संस्थामा कठिनपूर्ण अवस्था छ, ती संस्थाहरुलाई पनि हामीले धैर्य गर्नका लागि अनुरोध गरेका छौं । 

 ‘अहिले सहकारीमा क्षणिक समस्या आउँदा सदस्यले विश्वास तोड्ने होइन काँध थापेर सहकारीलाई सहयोग गर्नुपर्छ ।’

मुलुकमा सांसद, मन्त्री, प्रोफेसर, ईन्जिनियर लगायतका विभिन्न पेशा, व्यवसाय र जिम्मेवारीमा गरेका व्यक्तिहरुले घरजग्गाको कारोबार गरेको देखेर केही सहकारी संस्थाका सञ्चालकहरु पनि घरजग्गाको कारोबार गर्ने नशामा लागेकाले सहकारीमा समस्या उत्पन्न भएको हो । यस्ता सहकारीका सदस्यहरुले ठूलो मात्रामा बचत फिर्ता माग्न थालेपछि त्यसको असर अन्य सहकारीमा पनि परेको छ । सहकारी संस्थाका सञ्चालकहरुलाई समस्या पहिचान गरेर सुधारका लागि प्रभावकारी योजना तर्जुमा गरेर लागू गर्न आग्रह गरेका छौं । साथै सञ्चालकहरुले शेयर सदस्यहरुलाई नडराई संस्थाका समस्याबारे वास्तविक जानकारी दिएर उनीहरुको विश्वास जित्नुपर्ने अवस्था सृजना भएको छ । ‘अरुको चियो चर्चा गर्नुभन्दा पहिले आफ्नो संस्थाको बारे चिन्ता गरेर आफ्ना सदस्यहरुतर्फ फर्कने प्रयासमा सबैजना लागौं ।’ 

शेयर सदस्यहरुले वास्तविकता नबुझी हल्लाको पछाडि लागेर सहकारीबाट निक्षेप निकालेर अन्यत्र लानु गलत हो । सहकारीलाई अप्ठ्यारो परेको बेलामा सदस्यले काँध थाप्नुपर्छ । संस्थालाई विश्वास गर्नुपर्छ । हिजो दशतिर भौंतारिँदा पनि ऋण नपाउँदा सहकारीले सहयोग गरेको थियो । हिजो सहकारीले सदस्यका सम्पूर्ण वित्तीय आवश्यकता पुरा गरेका थिए । सदस्यलाई समाजमा वित्तीय रुपमा सबल बनाएर उभ्याउने काम पनि सहकारीकै हो । अहिले सहकारीमा क्षणिक समस्या आउँदा सदस्यले विश्वास तोड्ने होइन काँध थापेर सहकारीलाई सहयोग गर्नुपर्छ । सहकारीका वास्तविक सदस्य ती हुन्, ‘जसले आफुलाई मात्र हैन सहकारीलाई पनि संकटका बेला जोगाउन मद्दत गर्छन् ।’ 

नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले सहकारी हकहित राष्ट्रिय समाजले सोमबार राजधानीमा आयोजना गरेको सहकारी सम्बन्धी तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा राख्नुभएको विचारको सम्पादित अंशः
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप