पोखरामा स्वःजागरण तथा नेफस्कून प्रवर्धनात्मक कार्यक्रम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरामा स्वःजागरण तथा नेफस्कून प्रवर्धनात्मक कार्यक्रम सञ्चालन

कास्की । पोखरामा सहकारीहरुका लागि स्वःजागरण तथा नेफ्स्कून प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गरिएको छ । नेफ्स्कूनका सञ्चालक सदस्य एवंम् पोखरा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक चण्डी प्रसाद शर्मा पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा साकोसका सञ्चालक समिति तथा व्यवस्थापनबाट गरि ३५ जनाको सहभागिता रहेको थियो । 

कार्यक्रमका प्रमुख व्यक्ति नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक उत्थान गर्न निरन्तर लाग्नुपर्ने साथै सदस्य शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । संस्थाको प्रवर्धन र विकासको लागि संघले सञ्चालन गरेका गुणस्तर सुनिश्चितताका कार्यक्रममा सहभागी हुन समेत अनुरोध गर्नुभयो । स्थानीय निकायको साझेदारीमा सञ्चालित आधारशिला कार्यक्रमबारे जानकारी गराउँदै अध्यक्ष पौड्यालले वित्तीय पहुँच अभिवृद्धि, सहकारी संस्थाहरुको दिगो संस्थागत विकास, सञ्जालीकरण र उद्यमशीलता मार्फत सदस्यहरुको जीवनस्तर सुधार गर्ने अभियानमा क्रियाशिल रहन साकोस प्रतिनिधिहरुलाई अनुरोध गर्नुभयो । उहाँले सहकारीको विकास र विस्तारमा सदस्य नै प्रमुख केन्द्रविन्दु भएकोले ूद्ययगलअभ दबअप तय mझदभचू को अवधारणालाई अगाडि बढाउनुपर्ने बताउनुभयो । 

कार्यक्रमका सभाध्यक्ष चण्डी प्रसाद शर्मा पौड्यालले अर्थतन्त्र बिषम परिस्थितिमा रहेकोले सहकारीका सञ्चालक समितिले संस्थाको तरलता ब्यस्थापनमा विशेष ध्यान पुर्याउनुपर्ने बताउनुभयो । सदस्य नै सहकारीको मालिक भएकोले संस्थागत हरेक क्रियाकलापममा सदस्यलाई केन्द्रविन्दुमा राख्नुपर्ने, सुशासनमा सस्था सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा जिल्ला बचत संघ कास्कीका अध्यक्ष भेषराज बराल, नेफ्स्कूनका निवर्तमान सञ्चालक भिम गुरुङ्ग, स्थानीय सहकारीकर्मी लगायत नेफ्स्कून कर्मचारीहरुको सहभागिता रहेको थियो ।
 
कार्यक्रममा नेफ्स्कूनका निवर्तमान सञ्चालक गुरुङ्गले स्वागत मन्तव्य राख्नु भएको थियो भने नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काले विश्व अर्थतन्त्रको अवस्था र नेपालको अर्थतन्त्रमा परेको प्रभाव र नेफ्स्कूनका कार्यक्रमका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कूनका सञ्चालक सदस्य कमला देवी गिरीले गर्नु भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप