उद्यम सञ्चालनको अभ्यासमा कमी हुँदा वित्तीय सहकारीमा समस्या आयो : नेफ्स्कून अध्यक्ष
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उद्यम सञ्चालनको अभ्यासमा कमी हुँदा वित्तीय सहकारीमा समस्या आयो : नेफ्स्कून अध्यक्ष

काठमाडौं । नेफ्स्कूनले साकोसका प्रतिनिधिहरुको सहभागितामा व्यवसाय सेवा विकास (बीडीएस) तालिम सञ्चालन गरेको छ । एशियाली ऋण महासंघ–अकूको वित्तीय सहयोग र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.–नेफ्स्कूनको प्राविधिक सहयोगमा भक्तपुरको नगरकोटमा आजदेखि तालिमको शुभारम्भ भएको हो । 

नेफ्स्कूनकी सञ्चालक तथा उद्यमशिलता विकास उपसमितिका संयोजक रिना आचार्यको अध्यक्षता र नेफ्स्कूनका अध्यक्ष  परितोष पौड्यालको प्रमुख अतिथ्यतामा तालिम कार्यक्रम उद्घाटन भएको थियो । 

प्रमुख व्यक्ति नेफ्स्कूनका अध्यक्ष पौड्यालले आजको आवश्यकता उद्यमशिलता विकास मार्फत देशको आर्थिक रुपान्तरण भएकोले तालिमबाट प्राप्त सीप र दक्षतामार्फत आर्थिक समृद्धिमा सहयोग पुर्याउने अपेक्षा लिइएको बताउनुभयो ।

वित्तीय सहकारीमा आएको मुल समस्या नै उद्यम सञ्चालनको अभ्यासमा आएको कमी भएको उहाँले बताउनुभयो । तालिमको मुल उद्देश्य वित्तीय सहकारीहरुमा व्यावसाय विकास सेवा डेक्समार्फत छरिएर रहेको पूँजीको लगानीको उपयुक्तता उत्पादनशील क्षेत्र, रोजगार सिर्जना, राष्ट्रिय आयमा बृद्धि, श्रम सीपको हस्तान्तरणमा प्राविधिक सहयोग तथा सहजीकरण गरिने अभिप्राय राखी यस तालिममार्फत साकोसमा दक्ष तथा सीपयुक्त जनशक्ती विकास गरिने रहेको उहाँले स्पष्ट पार्नुभयो । 

तीन दिन सम्म चल्ने तालिममा स्वरोजगार, उद्यमशीलता, व्यवसायको छनौट, व्यावसायिक योजनाको तयारी, व्यवसाय विकास केन्द्र, बजार र बजारीकरण, व्यवसाय चक्र, व्यावसायिक अवसरको पहिचान, व्यवसायमा लेखा वा अभिलेखको महत्व आदि विविध विषयमा सहजिकरण गरिनेछ । तालिममा सहकारीका २४ प्रतिनिधिहरुको सहभागिता रहेको छ । 

तालिम कार्यक्रम उद्घाटन सत्रमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्रालयका प्रतिनिधि चुडामणी न्यौपाने, चेतनाथ भट्टराई, गरिबी निवारण कोषका पूर्व उपाध्यक्ष निर्मल भट्टराई, संघका सञ्चालक समिति सदस्यहरु गोमा नेपाल, चण्डीप्रसाद शर्मा पौडेल, संदिप सापकोटा उपस्थित हुनुुहुन्थ्यो ।

तालिमको सहजिकरण अन्तर्राष्ट्रिय श्रम संगठनबाट सर्टिफाइड प्रशिक्षक बाबुराम रानाभाट र नेफ्स्कूनका बरिष्ठ अधिकृत नविन राज दाहालले गर्नुभएको छ । 

अकूको आर्थिक तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा सन् २०२० फेब्रुअरी १ बाट व्ययवसाय विकास सेवा कार्यक्रम सुरु गरिएको हो । खासगरी महिला सदस्यहरुको उद्यमशीलता विकासका लागि व्यवसाय विकास सेवा कार्यक्रम लक्षित रहेको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप