भक्तपुर बचत संघद्वारा 'असल बैठक तथा निर्णय लेखन' तालिम सञ्चालन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर बचत संघद्वारा 'असल बैठक तथा निर्णय लेखन' तालिम सञ्चालन 

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को महिला सशक्तीकरण उपसमितिको आयोजनामा शंखधर पार्टी प्यालेस, शंखधर चोक, भक्तपुरमा एक दिवसिय असल बैठक तथा निर्णय लेखन तालिम शनिबार सम्पन्न भएको छ । 

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीमा आफ्नै विनियम नै पालना नगरी अध्यक्ष नै सर्वेसर्वा भई कार्य गर्ने सहकारीहरुमा संकट आइरहेको बताउनु भयो । उहाँले सहकारीमा असल बैठकको अभ्यास नै नगरीकन व्यक्ति स्वार्थ परिपूर्ति गर्ने गरी खोलिएको सहकारीमा संकट चुलिएको बताउनुभयो । उहाँले सहकारीलाई कडा अनुगनमा राख्न नेपाल राष्ट्र बैंक अन्र्तगत राखि कार्यान्वयन गरेमा सहकारीको सिद्धान्त, स्वयत्तता र स्वतन्त्रता हनन हुने विचार राख्नु भयो ।

संघका सञ्चालक एवं उपसमितिका संयोजक कृष्णश्वरी प्रजापतिले सदस्य संस्थामा प्रभावकारी बैठक तथा निर्णय लेखन कार्यमा टेवा पुर्याउने उद्देश्यले तालिमको आयोजना गरिएको विचार राख्नुभयो । उहाँले सहकारीमा नियमित बैठक बसी नियमसंगत निर्णयबाट मात्र संस्था प्रभावकारी सञ्चालन गर्न सकिने विचार राख्नुभयो । संघका व्यवस्थापक बालकृष्ण धोजुले संघको वित्तीय अवस्थाको जानकारी गराउदैं संघमा प्रशस्त तरलता रहेको कुरा बताउनु भयो । उपसमितिका सदस्य निर्जला ढुङ्गेलले संस्थामा नियमित अभ्यास गदै आइरहेको बैठक तथा निर्णय लेखन कार्यलाई प्रभावकारी बनाउन तालिम महत्वपूर्ण रहेको बताउनुभयोे ।

तालिममा सहभागी लयप्रसाद भट्टराईले तालिम प्रभावकारी रहेको र सहभागीहरुमा उत्साह थपिएको बताउनुभयो । उपसमितिका सदस्य सुर्वण प्रभा गुरागाईले तालिम समापन समारोह संचालन गर्नुभएको थियो । तालिममा ६० जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप