भरतपुर । चितवन र नवलपुरका सहकारीहरुका लागि सहकारीमा जोखिम व्यवस्थापनका उपायहरु विषयक कार्यक्रम सञ्चालन गरिएको छ । चितवन सदस्य सेवा कार्यालयको आयोजनामा जेष्ठ ८ गते सञ्चालित कार्यक्रममा दुवै जिल्लाका २० बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति÷प्रतिनिधि र व्यवस्थापकहरु गरी ३५ जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापन गर्ने क्रममा नेफ्स्कून सञ्चालक समिति सदस्य तथा नेफ्स्कून चितवन फिल्ड कार्यलय व्यवस्थापन उप समिति संयोजक विद्या कोईरालाले सहकारी संस्थाहरुमा आर्थिक तथा गैरआर्थिक पाटाहरुमा सुशासन र नीति नियम निर्माण र परिपालनाको कमी कमजोरीका कारण विद्यमान समस्या सिर्जित भएको बताउनुभयो । उहाँले जोखिम रहित सहकारी संस्था निर्माण गर्नको लागि नीति, नियम र सिद्धान्त परिपालनामा ध्यान दिनु अपरिहार्य रहेको बताउनुभयो । आर्थिक संकटको यस अवस्थामा सहकारी संस्थाहरुलाई ऋण लगानीको भन्दा भाखा नाघेको ऋण असुली र तरलता व्यवस्थापनमा विषेश जोड दिन समेत आग्रह गर्नुभएको थियो । लगानी गर्दाको अवस्थामा विना धितोको ऋणमा भन्दा धितो सहितको ऋण र सो ऋण तिर्न सक्ने क्षमताको आधारमा लगानी गर्नका लागि समेत आग्रह गर्नुभयो ।
कार्यक्रम सहजीकरण संघका कार्यक्रम अधिकृत सुरज चालिसेले गर्नुभएको थियो । उहाँले संस्थामा हुनसक्ने जोखिम के हो ? न्यूनिकरण गर्न सकिने कार्यहरु र विभिन्न शिर्षकका जोखिमहरु जस्तै वित्तिय जोखिम, ऋण जोखिम, सञ्चालन जोखिम, आन्तरिक नियन्त्रण जोखिम र कानुनी जोमिका बारेमा चर्चा गरी सोको समाधानका विषयहरुमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रम व्यवस्थापन सहजीकरण चितवन सदस्य सेवा कार्यालयका प्रमुख रिषभराज रेग्मीले गर्नुभएको थियोे ।
१० दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
१२ दिन अगाडि
१३ दिन अगाडि
१३ दिन अगाडि
१९ दिन अगाडि
२० दिन अगाडि
३७ दिन अगाडि
२६ दिन अगाडि
४२ दिन अगाडि
२९ दिन अगाडि
२९ दिन अगाडि
२९ दिन अगाडि
११ दिन अगाडि
५९ दिन अगाडि