सहकारीको छवि निर्माण गर्ने मुल उद्देश्यसहित सुनसरीमा जिल्लास्तरीय 'साकोस म्यानेजर्स क्लब' गठन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि

सुनसरी । बचत तथा ऋण सहकारी संस्थाहरुको ब्राण्ड अर्थात छवि कायम गर्ने मुल उद्देश्य सहित सुनसरीका बचत तथा ऋण सहकारी संस्थाहरुमा कार्यरत व्यवस्थापन प्रमुखहरुले म्यानेजर्स क्लब, सुनसरी गठन गरेका छन् ।

सुनसरी जिल्ला बचत संघले जेष्ठ ६ गते आयोजना गरेको वित्तीय व्यवस्थापन समिति र व्यवस्थापनको भूमिका विषयक अध्यक्ष र व्यवस्थापकको भेलाले किसान कल्याण साकोसका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

जिल्लाको बचत तथा ऋण सहकारी अभियानमा जागरण ल्याउने उद्देश्य सहित क्लब मार्फत सहकारी वीच सहकार्य, कर्मचारीहरुको क्षमता विकासका कार्यक्रम सञ्चालन, सहकारी सञ्चालन समस्याको साझा समाधानका लागि पहल गर्ने लगायतका कार्यक्रमहरु अगाडि सारिने जनाएको छ ।

त्यसैगरि सहकारी सञ्जाललाई थप मजवुद वनाउने, त्रैमासिक रुपमा विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्ने, वार्षिक वजेट तथा रणनितिक योजना निर्माणका लागि सामुहिक छलफल गर्ने, सामाजिक तथा सामुदायिक कार्यक्रमहरुमा साझेदारी गर्ने, साकोसहरुमा वित्तीय व्यवस्थापनका विषयमा नियमित छलफल गर्ने, उत्कृष्ट कर्मचारीहरुका असल अभ्यासहरु आदानप्रदान गर्ने, सहकारी सञ्चालनका नयाँ कुराहरुको खोजी तथा सोको प्रयोग गर्ने,  डिजिटल प्लेटफर्म तयार गरी नियमित रुपमा सिकाई आदान प्रदान गर्ने, अन्तर सहकारी खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने लगायतका उद्देश्य क्लबको रहेको क्लबका अध्यक्ष बस्नेतले जानकारी गराउनुभयो । 

समितिको पदाधिकारी र सदस्यहरुमा विभिन्न साकोसका व्यवस्थापन प्रमुखहरु शोभा धमला, विवस पौडेल, उपेन्द्र घिमिरे, सुनिता श्रेस्ठ, अनिता गुरुङ, सनिता बास्तोला, टंक बहादुर सुनुवार, पहलत शाह, त्रिलोचन ढकाल र योगेन्द्र पौडेल रहनुभएको छ । त्यसैगरि सल्लाहकारमा सुमन सुवेदी, विमल श्रेष्ठ र कुमार निरौला चयन हुनुभएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप