सहकारीका लागि सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीका लागि सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम सञ्चालन

पुतलीबजार । स्याङ्जामा सहकारीहरुका लागि सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम प्रदान गरिएको छ । जोखिम रहित सहकारी संस्था सञ्चालनमा जोड दिने उद्देश्यसहित सुरक्षित ऋण परिचालन र ऋणको सदुपयोगिताका लागि सदस्यहरुलाई प्रशिक्षण दिइएको थियो । 

जिल्ला बचत तथा ऋण सहकारी संघ लि.स्याङ्जाको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहजीकरणमा सञ्चालित तालिममा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारी, सदस्य तथा व्यवस्थापक र कर्मचारीहरुको सहभागिता रहेको थियो । 

बचत संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित तालिममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, करदाता सेवा कार्यालय स्याङ्जाका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

तालिम सहजीकरण नेफ्स्कूनको पोखरा सदस्य सेवा कार्यालयका प्रमुख सुर्य प्रसाद तिमिल्सिनाले गर्नुभएको थियो । संघका सञ्चालक सदस्य अमृत नेपाली थापाले स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन सचिव अच्युत प्रसाद पोखरेलले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप