मधेश प्रदेशस्तरीय साकोस व्यवस्थापन प्रमुखहरुको गोष्ठीको तयारी पुरा : साकोसको दिगोपन, पेशागत दक्षता र सुशासन मुल थिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मधेश प्रदेशस्तरीय साकोस व्यवस्थापन प्रमुखहरुको गोष्ठीको तयारी पुरा : साकोसको दिगोपन, पेशागत दक्षता र सुशासन मुल थिम

काठमाडौं । ‘साकोसको दिगोपन, पेशागत दक्षता र सुशासन’ भन्ने सोचसहित मधेश प्रदेशस्तरीय साकोस व्यवस्थापन प्रमुखहरुको गोष्ठीको तयारी पुरा भएको छ ।

गोष्ठी नेफ्स्कून साकोस म्यानेजर्स क्लब मधेश प्रदेशको आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा जेष्ठ १३ गते महोत्तरीको बर्दिवासमा रहेको गौतम होटलमा  हुँदैछ ।  

सहकारीका समसामयिक समस्याहरुको विश्लेषण तथा समाधानका उपायहरु पहिल्याउने उद्देश्यसहित आयोजना हुन लागिरहेको गोष्ठीमा प्रदेशका ८ जिल्ला र सिन्धुलीको कमलामाई नगरपालिका भित्र सञ्चालित सहकारीका व्यवस्थापन प्रमुखहरु गरी करिब ३०० जनाको सहभागिता रहने जनाइएको छ । गोष्ठीको सम्पूर्ण तयारी पुरा भएको साकोस म्यानेजर्स क्लब मधेश प्रदेशका कार्यसमिति संयोजक विनोद कुमार थापाले जानकारी गराउनुभयो ।

मधेश प्रदेशमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापकीय प्रमुखहरुलाई समेटी गोष्ठीको आयोजना गर्दा प्रदेशका सहकारीहरुमा सही वित्तीय व्यवस्थापन गर्न, स्वस्थ तथा सुरक्षित संस्था बनाउन र वित्तीय अनुशासन कायम गर्न सकारात्मक सन्देश प्रवाह गर्न सकिने नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत एवं नेफ्स्कून साकोस म्यानेजर्स क्लबका संरक्षक प्रकाश प्रसाद पोखरेलले बताउनुभयो । 

गोष्ठीमा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीबाट ‘एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि’ र पूर्व कोषाध्यक्ष केशव प्रसाद पोख्रेलबाट ‘साकोसमा वित्तीय दिगोपनका लागि जोखिम व्यवस्थापन’ विषयक कार्यपत्र प्रस्तुत हुने भएका छन् । त्यसैगरि व्यवस्थापनको पक्षबाट नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले ‘नेपालमा साकोस अभियानको विकास र चुनौति’ तथा नेफ्स्कून साकोस म्यानेजर्स क्लबका अध्यक्ष के.बीं लामाले ‘पेशागत दक्षता र व्यवस्थापनको विकास’ विषयक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

प्रदेशले पहिलो पटक आयोजना गर्न गईरहेको उक्त गोष्ठीले सहकारीका विद्यमान समस्या समाधानका लागि मार्ग प्रशस्त गर्ने विश्वास लिइएको जनाएको छ । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप