पोखरा रोयलको ‘सय युवा, सहकारी दुत’ अभियान अन्तर्गत युवा मैत्री सहकारी क्षेत्र निर्माणमा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरा रोयलको ‘सय युवा, सहकारी दुत’ अभियान अन्तर्गत युवा मैत्री सहकारी क्षेत्र निर्माणमा जोड

कास्की । ‘सय युवा सहकारी दुत’ तयार गर्दै पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो २२औं स्थापना दिवस सम्पन्न गरेको छ । स्थापना दिवसका अवसरमा जेष्ठ ६ गते शनिवार आयोजित गोष्ठीले हन्ड्रेड युथ, सहकारी दुत अभियान मार्फत युवा मैत्री सहकारी क्षेत्र निर्माणमा विशेष जोड दिएको हो । 

कार्यक्रमका अवसरमा संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्गले युवा देशको कर्णधार र वर्तमानको साझेदार रहेको बताउँदै युवालाई संस्थाको हरेक गतिविधि र निर्णायक तहमा सहभागिता र सहकार्य गर्न जरुरी रहेको प्रष्ट्याउनुभयो । 

गोष्ठी संस्थामा आवद्ध १८ देखि ४० वर्ष उमेर समूहका युवाहरु लक्षित थियो । 

युवाहरुलाई सहकारीमा आकर्षण गर्ने, युवाहरुको सीप, क्षमता र अनुभवलाई सहकारी मार्फत समुदायमा रुपान्तरण गर्ने र उनीहलाई स–साना स्टाटअप व्यवसाय सञ्चालन गर्न बिउ पूँजी उपलब्ध गराउन गोष्ठी आयोजना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्गले बताउनुभयो ।

हाल संस्थामा १८ देखि ४० वर्ष उमेर समूहका सदस्यहरु ४३ प्रतिशत रहेका छन् । युवा गोष्ठीमा युवा र सहकारीको विषयमा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्ग, युवा र सामाजिक दायित्व विषयमा सामाजिक अभियन्ता ढाकामोहन अधिकारी र भविश्य पहिल्याउदै युवाहरु शीर्षकमा संस्थाका युवा सदस्यहरु बैकर सन्तोष शर्मा, कृषि अभियन्ता शिवकुमार आले, डा.विन्दु पनेरु, प्रविधी विज्ञ सञ्जय महासेठ, युवा व्यवसायी निश्चल खरेल र लेक्चरर मीरज ढकालले आ–आफ्नो  सफलताका कथा र पेशा व्यवसायमा भोग्नु परेको समस्या र समाधानका उपायका बारेमा बहसमूलक प्रस्तुति र सहभागी युवाहरुसँग प्रश्नोत्तर शैलीमा अनुभव आदान प्रदान गर्नुभएको थियो । 

गोष्ठीको अन्तमा ११ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरिएको थियो । प्रतिवद्धता पत्रमा सहकारी संस्थामा युवाको प्रतिनिधित्व सुनिश्चित गराउने, युवा सञ्जाललाई सक्रिय बनाउने, युवाको अनुभव र सीपलाई प्रयोगमा ल्याउन सहकारी संघ संस्था र स्थानीय तहको ध्यानाकर्षण गर्ने, सामुदायिक गतिविधिहरुमा युवाको सहभागिता बढाउने, युवा सदस्यहरुको विस्तृत तथ्याँक तयार गर्ने, युवाहरुलाई सहकारीको दुतको रुपमा परिचालन गर्ने, संस्थाको साख र कारोबार वृद्धिमा युवा परिचालन गर्ने लगायतका रहेका छन् । युवा गोष्ठीमा कास्की, स्याँङ्गजा, तनहुँ, पर्वत र लमजुङ्गका गरि १०० जना युवा सदस्यहरु र संस्थाका समिति उपसमिति सहित कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

१०० युथ, सहकारी दुत

प्रतिवद्धता पत्र

१) युवाको गतिविधीलाई नियमित गर्न सहकारीको युवा सञ्जाललाई गतिशिल बनाउन प्रतिवद्ध छौं । युवासंग सम्वन्धित विस्तृत वस्तुगत विवरण (Baseline) तयार गर्न यो गोष्ठी प्रतिवद्ध छ । 

२) युवालाईDigital Wellbeing, जीवन उपयोगि, व्यक्तित्व विकास, क्षमता अभिवृद्धि तथा ससक्तीकरण सम्वन्धी नियमित रुपमा तालिम प्रदान गर्न प्रतिवद्ध छौं । 

३) वर्तमान वित्तीय बजारमा संस्थाको उपस्थितिलाई वित्तीय रुपमा सुरक्षित र नीतिगत रुपमा सुशासित राख्न युवा गोष्ठी ऐक्यवद्धता जाहेर गर्दछ । यूवामैत्री सहकारी क्षेत्र निर्माणका लागि स्थानीय तह, सरोकारवाला निकाय र सहकारी संघ संस्थालाई ध्यानकर्षण गर्दछ । 

४) पोखरा रोयल सहकारीको समुदाय केन्द्रित गतिविधीलाई नतिजामुखी बनाउन युवा शक्तिलाई व्यवस्थापन र परिचालन गर्न प्रतिवद्ध छौं । 

५) पोखरा रोयल सहकारीलाई नेपालको उत्कृष्ठ र दिगो सहकारीको रुपमा स्थापित गराउन नियमित रुपमा कारोबार गर्न र एक युवा एक नयाँ सदस्य निर्माण अभियानमा साथ दिने प्रण गर्दछ । 

६) युवाहरुलाई स्टाटअप व्यवसाय सञ्चालन गर्नका लागि सहकारी संस्था र सम्वन्धित सरकारी निकायहरुमा नीतिगत, पूँजीगत र विषयगत सहयोगको लागि सामुहिक पहलकद्मी गर्न गोष्ठी ऐक्यवद्धता जाहेर गर्दछ  ।

७) सहकारीका असल अभ्यासहरुलाई समाजका हरेक क्षेत्रमा प्रचार प्रसार गर्न, बैकिङ्ग पहुँच नपुगेको स्थानमा सहकारी मार्फत वित्तीय साक्षरता र प्रविधि साक्षरता प्रदान गर्न प्रतिवद्ध छ । 

८) युवाको ज्ञान, शीप, क्षमता र अनुभवलाई संस्थागत गर्न संस्थाको सञ्चालक समिति र विषयगत समितिहरुमा युवा प्रतिनिधित्व सुनिश्चितताको लागि यो गोष्ठी ध्यानकर्षण गर्दछ । 

९) नेपाल सरकारद्धारा जारी युथ भिजन २०२५ लाई साकार पार्न स्थानीय तथा राष्ट्रिय स्तरको कार्यक्रममा सक्रिय सहभागिता तथा आयोजना गर्न गोष्ठि प्रतिवद्ध छ । 

१०) युवा वर्गको अन्तरदृष्टि र सम्भाव्यताहरु पहिचान गर्दै सहकारी क्षेत्रमा हामी युवाहरुको नेतृत्व र निर्णय प्रकृयामा सहभागि गराउन प्रतिवद्धता व्यक्त गर्दछौं ।

११) हामी युवाहरुको माध्यमबाट वातावरणीय समस्या र जलवायु परिवर्तनको बारेमा चेतना जगाउन र दिगो अभ्यास र जिम्मेवारी पूर्ण उपभोगलाई प्रोत्साहन गर्न प्रतिवद्ध छौं ।
 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप