डडेल्धुरामा सदस्य जागरण अभियान सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
डडेल्धुरामा सदस्य जागरण अभियान सञ्चालन

डडेल्धुरामा नेफ्स्कूनले आफ्ना सदस्य संस्थाहरुसँग सदस्य जागरण अभियान कार्यक्रम सञ्चालन गरेको छ । संघको डडेल्धुरा सदस्य सेवा कार्यालयको आयोजनामा जेष्ठ ८ गते सुदुरपश्चिमका पहाडी जिल्लाका सदस्यहरुका लागि स्वजागरण अभियान सञ्चालन गरेको हो ।  

संघका सञ्चालक समिति सदस्य जिवसराज खड्काको अध्यक्षता र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटा, सुदुरपश्चिम प्रदेश बचत संघका सञ्चालक अमर बहादुर पुन, जिल्ला सहकारी संघ बैतडीका उपाध्यक्ष दुर्गा ठगुन्ना, जिल्ला बचत तथा ऋण सहकारी संघ डडेल्धुराका उपाध्यक्ष खड्क बहादुर बिष्ट, जिल्ला बचत तथा ऋण सहकारी संघ बझाङ्गका सचिव हेमराज बिष्ट, नेफ्स्कून साकोस म्यानेजर्स क्लव सुदुरपश्चिम प्रदेश सदस्य टेकराज लेखक, सि.एम्.सि. डडेल्धुराका महासचिव धिरेन भाट, नेफ्स्कूनका अनुगमन अधिकृत दिपक अर्याल लगायत सुदुर पश्चिम प्रदेशका डडेल्धुरा, बैतडी, अछाम, डोटी, बझाङ्ग, बाजुरा गरि ६ जिल्लाका सहकारी संस्थाका अध्यक्ष, लेखा समितिका संयोजक, सदस्य तथा व्यवस्थापक गरि ४७ जना सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वजागरण अभियानको महत्व तथा आवश्यकता र साकोस अभियानलाई अगाडि बढाउन साकोसकर्मीले गर्नुपर्ने कुराहरु बिषयमा संघका अध्यक्ष परितोष पौड्यालले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । सुदुरपश्चिम पहाडी जिल्लाको साकोस अभियान कमजोर रहेको जनाउदै अध्यक्ष पौड्यालले सो को प्रबलीकरणका लागि संघले विशेष कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता समेत जनाउनु भयो । यसै गरि साकोसहरुले पनि क्षमता विकास, सुशासन र सुरक्षाका लागि स्तरीकरण र स्थिरीकरण कार्यक्रमको आवश्यकता र महत्व बारे धारणा राख्दै सो कार्यक्रममा अनिवार्य रुपमा सहभागी हुन अनुरोध गर्नुभयो । यी दुबै कार्यक्रममा जोडिएका साकोसको पुर्ण सुरक्षाको जिम्मा संघले लिने कुरा समेत प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा नेफ्स्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटाले सहकारीका अभियानको बर्तमान अवस्था र चुनौतिका सवालमा आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा बोल्दै संयोजक सापकोटाले बर्तमान समयमा केही सहकारीहरुले गरेका गलत क्रियाकलापले गर्दा समग्र अभियान माथी नै प्रश्नचिन्ह खडा भएको र त्यसका लागि हामी सबै एकजुट भइ अगाडी बढ्नुपर्ने धारणा राख्नु भयो । सुदुरपश्चिमको पहाडी जिल्लाको साकोस अभियान कमजोर अवस्थामा रहेको जनाउदै संयोजकले भन्नुभयो निरन्तर सदस्य सँग समन्वय गरि सुशासन कायम गर्दै साकोस सञ्चालन गर्नुपर्ने धारणा राख्नु भयो ।

डडेल्धुरा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष खडक बहादुर बिष्टले सहभागी सम्पूर्ण अतिथि एवम् साकोसका प्रतिनिधिहरुलाई स्वागत मन्तब्य राख्दै नेफ्स्कूनले साकोसका सदस्यहरुका लागि वित्तीय साक्षरता सञ्चालनमा सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । जिल्ला बचत तथा ऋण सहकारी संघ बझाङ्गका सचिव हेमराज बिष्टले सुदुर पश्चिमका पहाडी जिल्लाहरुमा सहकारी अभियान सुस्त रहेको भन्दै यसै किसिमका कार्यक्रम दुरदराजका जिल्लाहरुमा निरन्तर रुपमा राखेर साकोस अभियानलाई जीवन्त राख्न सुझाव दिनुभयो । कार्यक्रममा उपस्थित विभिन्न सहभागीहरुले साकोस अभियानमा अभिभावक संस्था नेफ्स्कूनले निरन्तर रुपमा सहयोग गर्नुपर्ने, सबै संस्थामा एकरुपता कायम गर्नुपर्ने, सहकारी अभियानका गलत समाचार प्रवाह प्रति सचेत रहनुपर्ने, पिछडिएका क्षेत्रका लागि बिषेश कार्यक्रम बनाउनुपर्ने, मिरा इरापी सफ्टवेयर अविलम्ब कार्यान्वयनमा ल्याउनुपर्ने लगायतका सुझावहरु राख्नु भयो । 

कार्यक्रममा सहभागीले उठाएका जिज्ञासाको सम्बोधन संघका अध्यक्ष परितोष पौड्यालले गर्नु भएको थियो । उक्त कार्यक्रम सञ्चालन नेफ्स्कून डडेल्धुरा सदस्य सेवा कार्यालयका इन्चार्ज धर्मराज जोशीले गर्नु भएको थियो भने व्यवस्थापन कार्यालय सहायक गजेन्द्र बहादुर साउदले गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप