सहकारी समस्या समाधान सहजीकरण कार्यदललले देशभरिकै जिल्ला प्रशासन कार्यालयलाई बुझायो ज्ञापनपत्र 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी समस्या समाधान सहजीकरण कार्यदललले देशभरिकै जिल्ला प्रशासन कार्यालयलाई बुझायो ज्ञापनपत्र 

ललितपुर । राष्ट्रिय सहकारी महासंघद्वारा गठित सहकारी समस्या समाधान सहजीकरण कार्यदलले जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापनपत्र बुझाएको छ । देशभरि नै जिल्ला सहकारी संघको संयोजकत्वमा सबै जिल्ला प्रशासन कार्यलयमा जुलुस सहित मागपत्र बुझाइएको हो । 

महासंघका वरिष्ठ उपाध्यक्ष तथा कार्यदलका संयोजक ओमदेवी मल्लको नेतृत्वमा भने काठमाडौं जिल्लास्तरीय सहकारी संघहरु तथा संस्थाहरुका प्रतिनिधिहरु जिल्ला प्रशासन कार्यलय, काठमाडौंमा भेला भइ प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो । 

महासंघका वरिष्ठ उपाध्यक्ष तथा संविधान सभा सदस्य मल्लले प्रमुख जिल्ला अधिकारी धनश्याम उपाध्यायलाई ज्ञापनपत्र बुझाउनुभएको थियो ।  प्रमुख जिल्ला अधिकारीमार्फत संघीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ध्यानाकर्षण गराइएको हो । गत २०७८ जेठ ८ गते कार्यदलले पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । सोहि कार्यक्रम अनुसार आइतबार सबै जिल्ला प्रशासन कार्यलयमा जुलुससहित मागपत्र बुझाइएको महासंघका वरिष्ठ उपाध्यक्ष मल्लले बताउनुभयो । 

सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष मल्लले सहकारी संघ/संस्थाहरु निर्वाध रुपमा उच्चमनोबलका साथ सञ्चालन गर्न शान्तिपूर्ण वातावरण निर्माण गरिदिनका लागि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउनुभएको थियो । 

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी उपाध्यायले अर्थतन्त्रमा देखिएको चुनौतिको प्रभाव सहकारीमा समेत देखिएकाले त्यसको समस्या समाधान गर्न उपयुक्त उपायहरुसहित बुझाइएको ज्ञापनपत्र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा आज नै जायर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो ज्ञापनपत्र बुझाउने कार्यक्रममा सांसद तथा महासंघका सञ्चालक माननिय तारा लामा तामाङ, नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु, राष्ट्रिय सहकारी बैंकका संचालक मनोज थापा, जिल्ला सहकारी संघ लि. काठमाडौंका वरिष्ठ उपाध्यक्ष खेमराज सुवेदी, सचिव बालकुमार बाँस्तोला समेत हुनुहुन्थ्यो । 

सबै जिल्लामा जिल्ला सहकारी संघका अध्यक्षको संयोजकत्वमा जिल्लास्तरीय सहकारी समस्या समाधान सहजीकरण संयन्त्र समेत गठन भएको छ । सो संयन्त्रले आ आफ्नो जिल्लामा ज्ञापनपत्र बुझाएको हो  । 

त्यसैगरी जेष्ठ १६ गते विहान ८ः०० बजे संघीय सहकारी विभागमा सिठ्ठी जुलुस आयोजना गर्ने कार्यक्रम रहेको कार्यदलले जनाएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप