म्याग्दीमा साकोसहरुका लागि ऋण असुली तथा धितो लिलामको कानुनी प्रक्रिया सम्बन्धी तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
म्याग्दीमा साकोसहरुका लागि ऋण असुली तथा धितो लिलामको कानुनी प्रक्रिया सम्बन्धी तालिम सञ्चालन

म्याग्दी । साकोस म्यानेजर्स क्लब म्याग्दीको आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा जेष्ठ १२ गते साकोसहरुका लागि ऋण असुली तथा धितो लिलामको कानुनी प्रक्रिया सम्बन्धी तालिम सम्पन्न भएको छ । तालिम कार्यक्रमको अध्यक्षता म्यानेजर्स क्लबका अध्यक्ष प्रेमलाल कडेलले र प्रमुख आतिथ्यता नेफ्स्कूनकी सञ्चालक सदस्य कमलादेवी गिरिले गर्नुभएको थियो । 

कार्यक्रममा नेफ्स्कून सदस्य सेवा कार्यालय पोखराका व्यवस्थापन उपसमिति सदस्य रामजी प्रसाद सुवेदी, राष्ट्रिय सहकारी बैंक जिल्ला सम्पर्क समन्वय उपसमिति संयोजक रमेश गिरि, सीएमसी कास्कीका अध्यक्ष कपिल कोइराला लगायत स्थानीय सहकारीकर्मी र समन्धित व्यक्तिहरु लगायत जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, ऋण उपसमिति संयोजक र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कमलादेवी गिरीले साकोसले सुरक्षित कर्जा लगानीलाई ध्यान दिनुपर्ने बताउनुभयो । सिएमसी कास्कीका अध्यक्ष अपिल कोइरालाले बचत ऋण सहकारीका आर्थिक सुशासनका विभिन्न पाटाहरुमध्ये कर्जा लगानी अत्यन्त महत्वपूर्ण र संवेदनशील पाटो रहेको बताउनुभयो । कर्जा लगानीको प्रभावकारीतामा व्यवस्थापकीय पक्षको कार्यदक्षताको प्रभाव रहने उहाँले स्पष्ट पार्नुभयो । त्यसैगरि कार्यक्रममा पश्चिम नेपाल साकोसका उपाध्यक्ष हरि पौडेल, उपसमिति सदस्य रामजी प्रसाद सुवेदी, रमेश गिरी लगायतले तालिम सफलताको शुभकामना व्यक्त गर्दै ऋण असुली तथा धितो लिलामको कानुनी प्रक्रिया सम्बन्धमा सञ्चालक समिति र व्यवस्थापन दुवैनै अत्यन्त चनाखो र सजग भएर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

एक दिवसीय उक्त तालिमको सहजीकरण नेफ्स्कूनका अन्तरलगानी अधिकृत मनोज बुढाथोकीले गर्नुभएको थियो ।  

भर्खरै
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१४ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

५ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१४ घण्टा अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

५ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

पाठकबाट थप