बचत ऋण सहकारीको आयकरको दर वृद्धिप्रति महासंघको विरोध, सच्याउन माग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बचत ऋण सहकारीको आयकरको दर वृद्धिप्रति महासंघको विरोध, सच्याउन माग

ललितपुर । सहकारी क्षेत्रको योगदानलाई अवमूल्यन गर्दै सरकारले सहकारीको आयकर दर बृद्धि गरेको प्रति राष्ट्रिय सहकारी महासंघले गम्भीर आपत्ति जनाएको छ । महासंघले आज एक विज्ञप्ती जारी गरि सहकारीमा आयकर दर सतप्रतिशत बृद्धि गरेकोमा सच्चाउन समेत माग गरेको छ । 

अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसदमा प्रस्तुत नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० मा बचत तथा ऋणको काराबोर गर्ने सहकारी संघ÷संस्थालाई लाग्ने आयकर दरमा सतप्रतिशत बृद्धि गरिएको जनाएका थिए ।

सरकारले सहकारीको आयकर दरमा वृद्धि गरि नगरपालिका क्षेत्रभित्र संचालित सहकारीलाई १० प्रतिशत, उपमहानगरपालिका भित्रका सहकारीलागि १५ प्रतिशत र महानगरपालिका भित्रका सहकारीलाई २० प्रतिशत पुर्याएपछि महासंघले यसप्रति घोर आपत्ति जनाएको हो । 

महासंघले सहकारी ऐन २०७४ को दफा १४१ मा व्यवस्था भए अनुरुप सरकार र सहकारी अभियानका बिच विभिन्न चरणमा भएका उच्चस्तरीय अध्ययन, वार्ता तथा छलफल पश्चात नेपाल सरकारद्वारा आ.व. ०७६ ÷ ०७७ देखि नै नगरपालिकामा संचालित सहकारीका लागि ५ , उपमहानगरपालिकाका लागि ७ र महानगरपालिकाका लागि १० प्रतिशतका दरले आयकर लाग्ने व्यवस्था भएको भएपनि अहिले करको दर बृद्धि गर्नु न्यायोचित नभएको जनाएको छ ।

आर्थिक विधेयकमार्फत सहकारी ऐन २०७४ मा नै व्यवस्था भएको विषयलाई समेत परिर्वतन गरेर विवादास्पद दर कायम गर्न खोज्नु न्यून र मध्यम आयभएका नागरिकलाई मारमा पार्ने प्रस्ताव भएकाले यसको हामी घोर भत्र्सना समेत गर्दछौं, विज्ञप्तीमा भनिएको छ ।

समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि राज्यको एक महत्वपूर्ण आधारशिलाका रुपमा रहेको सहकारी संघ ÷ संस्थाका लागि आयकर दर बृद्धि गर्नु न्यायोचित नभएकोले नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा पूर्ववत रुपमा लिर्दै आएको क्रमश पाँच, सात र दश प्रतिशत आयकरलाई नै यथावत राख्न नेपाल सरकार, संघीय संसद एवं सम्बद्ध पक्षमा नेपालको सहकारी अभियानका तर्फबाट राष्ट्रिय सहकारी महासंघले माग गरेको छ । साथै करको दर नसच्याए सहकारी अभियान थप संघर्षका कदम चाल्न बाध्य हुने बताएको छ ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप