दोलखामा सदस्य स्वजागरण कार्यक्रम सञ्चालन, सदस्यकेन्द्रियतामा जोड दिन आग्रह
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखामा सदस्य स्वजागरण कार्यक्रम सञ्चालन, सदस्यकेन्द्रियतामा जोड दिन आग्रह

दोलखा । सदस्यसँग नेफ्स्कून कार्यक्रम अन्तर्गत आज दोलखाका सहकारीकर्मीहरुसँग सदस्य स्वजागरण अभियान सञ्चालन भएको छ । 

कार्यक्रममा दोलखाका विभिन्न बचत तथा ऋण सहकारी सस्थाहरुबाट २० जनाको उपस्थिति थियो ।

कार्यक्रम नेफ्स्कूनका सञ्चालक सदस्य तथा सदस्य सेवा कार्यालय दोलखाका संयोजक जिबस राज खडकाको अध्यक्षता र नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो । 

महासचिव अधिकारीले दोलखाको सहकारी अभियान सक्षम, दिगो रहेको र हालको आर्थिक संकूचनको प्रभाव विश्व प्रभाव रहेकोले यसबाट हामी सबैनै अछुतो रहन नसक्ने हुँदा साकोसहरुले पनि सदस्य स्वोजागरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले साकोसले ऋण असुलीका सम्बन्धमा सदस्य सँग नजिक भएर सदस्य र सदस्यको परिवारमा सौहाद्र्धपूर्ण व्यवहार गरेर समाधान गर्नुपर्ने बिषय प्रस्तुत गर्नु भयो । 

सहकारीको आयकर बृद्धिको विषय, कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण स्थापनामा नेफ्स्कूनले आफ्नो पहल जारी राखेको र यसलाई छिट्टै निश्कर्षमा पुर्याउन निरन्तर वहश पैरवी गरिरहेको बताउनुभयो । 

सदस्य सस्थाका प्रतिनिधिहरुले दोलखाको सहकारी अभियानका समस्या र चुनौतिका विषयमा अभिभावक संघ नेफ्स्कूनले विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभएको थियो । सदस्यहरुले सहकारीको कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरणको तत्काल स्थापना गर्न नेफ्स्कूनको पहलका लागि आवाज उठाउनुभएको थियो । हालै मात्र नेपाल सरकारले निति तथा कार्यक्रममा बचत तथा ऋण सहकारीमा आयकरको दर वृद्धि गर्नु साकोस अभियान माथिको गम्भीर प्रहार भएको बिषयलाई नेफ्स्कूनले ध्यान दिनुपर्ने र उक्त निर्णय फिर्ता गर्न पहल गरि निचोडमा पुर्याउनुपर्ने धारणा राख्नुभएको थियो । 

कार्यक्रमको व्यवस्थापन तथा सञ्चालन नेफ्स्कून सदस्य सेवा कार्यालय दोलखाका प्रमुख दिनेश गौतमले गर्नु भएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप