स्थिरीकरण कोष  र यसको उपयोगिता सम्बन्धमा बृहत अन्तरक्रिया, कोषमा सहभागिता अभिवृद्धिमा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थिरीकरण कोष  र यसको उपयोगिता सम्बन्धमा बृहत अन्तरक्रिया, कोषमा सहभागिता अभिवृद्धिमा जोड

मोरङ । सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले वित्तिय सहकारीको जोखिम कम गर्ने उद्देश्य सहित स्थापना भएको स्थिरीकरण कोषले समस्यामा परेका योगदानकर्ता साकोसहरुका लागि सुरक्षा कवचको रुपमा काम गर्ने बताउनुभयो । जेष्ठ १८ गते कोशी प्रदेश–मोरङको सुन्दरहैचामा आयोजित स्थिरीकरण कोष सहभागिता अभिबृद्धि कार्यशाला गोष्ठीका अवसरमा बोल्दै उपरजिष्ट्रार उपाध्यायले कोषमा योगदान रहेका र समस्यामा परेका सहकारीहरुलाई सुरक्षा कवचको रुपमा सहयोग गरि पुनउत्थान गर्ने लक्ष्य लिएको बताउनु भयो । 

बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को सहकार्यमा आयोजित गोष्ठी नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षता र पूर्व मन्त्री एवम् राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव प्रसाद बडालको प्रमुख आतिथ्यतामा भएको थियो ।

बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष विषयक कार्यपत्र प्रस्तुत गर्दै उपरजिष्ट्रार उपाध्यायले वर्तमान अवस्थामा सहकारीहरुमा देखिएको समस्याले स्थिरीकरण कोषमा योगदान सहभागिता ऐच्छिक रुपमा नभई अनिवार्य गर्नु पर्ने आवश्यकता रहेको प्रष्ट पार्नुभयो ।  संस्थामा जोखिम हुँदा सो सँग जुध्न र सहकारी संस्थाहरुको दिगोपनाका लागि स्थिरीकरण कोष र विद्यमान जोखिम कम गरी सुशासित संस्था निर्माणका लागि स्तरीकरण कार्यक्रमको अनिवार्यताबारे उल्लेख गर्नुभयो । उहाँले स्थिरीकरण कोषको विश्व अभ्यास, स्थिरीकरण कोषको सम्बन्धमा सहकारी ऐनमा रहेको व्यवस्था, यसको गठन एवम् स्थापना, कोषका मुख्य कार्यहरु, कोषमा सहभागी साकोसहरुलाई गरिने सहयोग तथा सहजिकरण, आवश्यकता, उद्देश्य, उपयोगिता र किन स्थिरीकरण कोष, कोषको हालको अवस्थाका विषयमा सहजीकरण गर्नुभएको थियो । 

प्रमुख अतिथि बडालले स्थिरीकरण कोषको सवालमा ऐनमा भएका प्रावधानलाई आवश्यकताको आधारमा परिमार्जन गर्दै जान सकिने विषय राख्नुभएको थियो । सहकारी र राज्यविच अन्योन्याश्रीत सम्बन्ध रहेको र रहनुपर्ने विषयमा जोड दिनुभयो । सवै सहकारीहरु खराव नभएको केहि सहकारीमा देखिएको समस्याका कारण सबैलाई एकै दृष्टिले हेर्न नहुने उहाँले बताउनुभयो । सहकारीको दर्शन सिद्धान्त मूल्य मान्यता आचरण कार्यशैली र कार्यपद्धति बाहिर सहकारी कार्य क्रियाकलाप सञ्चालन गर्ने अधिकार कसैलाई नभएको बताउनुभयो । हाल घरजग्गा को कारोवारबाट लाभ लिने लोभमा गरिएको घरजग्गामा लगानीले असर गरेको विषय समेत राख्नुभएको थियो । सहकारी आन्दोलन सदस्यहरुको सेवा सहजिकरणका लागि भएको हो, राज्य संयन्त्रले नितिगत सहजिकरण गर्नुपर्ने आवश्यकता रहेको प्रमुख अतिथ बडालले औल्याउनुभयो । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले स्थिरीकरण कोष अथक प्रयासको बाबजुत ऐनमा आएको बताउदै अबको कार्यदिशा स्थिरीकरण कोष र स्तरीकरण कार्यक्रम रहेको बताउनु भयो । 
सहकारीमा विद्यमान विकृति÷विसंगतिलाई मुक्त गरेर सुदृढ, स्वावलम्बी र सुशासनयुक्त सहकारी अभियान संस्थागत गर्न स्थिरीकरण कोष र स्तरीकरण कार्यक्रमको विकल्प नरहेको अध्यक्ष पौड्यालले स्पष्ट पार्नुभयो । 

राष्ट्रिय सहकारी बैंकका उपाध्यक्ष रमेश पोखरेलले विश्व अभ्यासमा स्थिरीकरण कोषमा जसले सहभागिता जनाउछ उसैले उपयोग गर्ने व्यवस्था रहेको प्रशंङ्ग उल्लेख गर्दै कोषमा साकोसको कति प्रतिशत योगदान भन्दा पनि भोलि जोखिम कस्तो आउँछ भन्ने लेखाजोखा गरि योगदान हुनुपर्ने बताउनुभयो । स्थिरीकरण कोष सँगै संस्था मजवुति बनाउने विषयलाई समेत प्राथमिकतामा राखी योजना बनाउनुपर्ने उहाँले स्पष्ट पार्नुभयो । 

नेफ्स्कूनका सञ्चालक सदस्य घनश्याम अधिकारीले स्थिरीकरण कोष वित्तिय सहकारी संस्थाको निमित्त सुरक्षा कवच भएको र यो अथक प्रयासको उपलव्धि भएको जानकारी गराउनुभयो । गोष्ठीमा विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट गरि एक सय जनाको सहभागिता रहेको थियो । स्थिरीकरण कोषबाट सापटी सहयोग प्राप्त झापाको डाफे सामुदायिक साकोसले आफ्ना संस्थागत असल अभ्यास र अनुभव समेत कार्यक्रमका अवसरमा आदानप्रदान गरेको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप